News Category 2075/09/08
नक्कली भिसा देखाएर बैदेशिक रोजगारको नाममा १८ लाख ठगि

राजविराज÷वैदेशिक रोजगारी जानका लागि ठगिमा परेका मोरङ्ग र सुनसरीका १२ जना युवा काठमाण्डौबाट एजेन्टलाई खोज्दै शुक्रवार राजविराज आइपुगेका छन् ।
नक्कली भिसा दिएर १८ लाख ठगी गरी सम्पर्क बाहिर रहेका सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिका ४ घर भएका एजेन्ट अशोक मण्डललाई खोज्दै उनीहरु राजविराज आइपुगेको आप्रवासन स्रोत केन्द्र सप्तरीले जनाएको छ ।
तीन महिना अघि दुबई पठाउनकालागि काठमाण्डौ बोलाईएका युवाहरु आज–भोली गर्दागर्दै केही नलागेपछि बाध्य भएर ती युवाहरु एजेन्ट मण्डललाई खोज्दै राजविराज आईपुगेका हुन् ।
बैदेशिक रोजगारीमा ठगीमा पर्नेहरुमा सुनसरीको अमाही बेलहाका मो. इसिक मियाँ, जियावुल मियाँ, मुर्सिद अन्सारी, मोरङको विराटनगर ११ का मो. फारुक मियाँ, कटहरी– ४ का मो. मुस्तफा, राजकिशोर साह, कदमाहाका मो. असलम, जमिर मियाँ, अख्तर मियाँ, मो. मुख्तार आलम, रहिम आलम र मो. हासिम छन् ।
एजेन्ट मण्डलले विदेश पठाइदिने भन्दै १ लाख ५० हजारका दरले रकम ठगी गरेको उनीहरुको आरोप छ । क्याम्पास रिक्वायमेन्ट प्रा.लि. मिड बानेश्वर काठमाण्डौको एजेन्ट बताउने मण्डललाई विभिन्न बैंकमार्फत पैसा पठाएको कागजपत्र समेत रहेको उनीहरुले जानकारी दिए ।
आफुहरुलाई भिसाको नक्कली कागज थमाएर हिंडेको बताउँदै उनले भिसा जाँच गराउँदा नक्कली भएको थाहा पाएको मो. मुस्तफाले बताए ।
यता ठगिएका युवाहरुले शुक्रबार जिल्ला प्रशासन कार्यालय परिसरमा रहेको आप्रवासन स्रोत केन्द्रमा निवेदन दर्ता गराएका छन् । पीडित युवाहरुले शुक्रवारै प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई पनि समस्याका विषयमा उनीहरुले जानकारी समेत गराए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/24 रुपनीमा आगलागि हुँदा ५० लाखको क्षति, एक जना घाइते
- 2082/06/24 राजविराज बसपार्क संचालन प्रक्रिया अघि बढ्यो
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ