News Category 2075/09/08
तीन महिना भित्रै सप्तरीमा राष्ट्रिय परिचयपत्र बितरण हुने
दैनिक समाचारदाता
राजविराज, ८ पुस ।
सप्तरीमा तीन महिना भित्रै राष्ट्रिय परिचयपत्र बितरण हुने भएको छ ।
राष्ट्रिय परिचयपत्र तथा पंजिकरण बिभागले जिल्लाका स्थानिय तहका जनप्रतिनिधिहरुसँग आइतबार राजविराजमा सम्पन्न गरेको अन्तरक्रियामा सो जानकारी दिइएको हो ।
आयोजित अन्तरक्रियामा राष्ट्रिय परिचयपत्र तथा पंजिकरण बिभागका निर्देशक चोमेन्द्र न्यौपानेले प्रदेश नं. २ को सप्तरी र महोत्तरीसहित देशको १५ वटा जिल्लामा ब्यक्तिगत बिवरण सहितको चिप्स कार्ड अर्थात राष्ट्रिय परिचय पत्र बितरण गर्ने जानकारी दिए ।
निर्देशक न्यौपानेले जिल्लाका १६ बर्षदेखि माथि उमेर पुगेका ३ लाख ८४ हजार ७ सय ८५ जना नागरिकलाई परिचयपत्र बितरण गर्नका लागि केही दिनमै टेन्डर प्रक्रियादेखि कर्मचारी छनौट गर्ने बताए । उनले सो प्रक्रियाका लागि तीन महिना समय लाग्ने जानकारी समेत दिए ।
परिचयपत्र ब्यबस्थापन सम्बन्धी प्रस्तुतिकरण गर्दै न्यौपानेले राष्ट्रिय परिचयपत्रले जैबिक तथा व्यक्तिगत बिवरण र बिद्युतिय चिप्स एंव सुरक्षा सहितको परिचयपत्रमा बायोमेट्रिक प्रणाली प्रयोग गरि राष्ट्रिय परिचय नम्वर उल्लेख भएको कार्ड दिईने बताए ।
नेपालका प्रत्येक नागरिकको परिचय खुल्ने गरि अभिलेख राख्ने प्रणालीको बिकास गरि त्यसको प्रतिफल स्वरूप नागरिकलाई प्रदान गर्ने परिचय लागू गरिने उद्देश्य रहेको उनले जिकिर गरे ।
नेपाल सरकारले पहिलो चरण लागि पाँचथर जिल्ला र सिहदरवारका कर्मचारीलाई राष्ट्रिय परिचयपत्र बितरणका लागि छनोट गरिएकोमा कार्ड बितरण कार्य सुरू भईसकेको उनले जानकारी दिए ।
गृह मंत्रालयले बिदेशी कम्पनीवाट २ लाख ५० हजारको क्षमता भएको सरभर ल्याएको र केही थप सरभर थपिने गरी तीन महिना भित्रै परिचयपत्र बितरण कार्यक्रम सुरू गर्ने लक्ष्य रहेको निर्देशक न्यौपानेको दाबी छ ।
यता चालु आर्थिक बर्षमा सात वटै प्रदेश तथा १५ जिल्लामा राष्ट्रिय परिचयपत्र बितरण कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागी राय सुझाव संकलन कार्य समेत जारी रहेको उनको भनाई छ ।
सो अवसरमा प्रदेश सांसद नेत्रबिक्रम साहले राष्ट्रिय परिचयपत्र बितरण कार्य प्रभाकारी बनाउन नागरिकताबाट बञ्चित भएका तथा जन्मसिद्वको आधारमा नागरिकता लिएका छोराछोरीलाई बंशजको आधारमा नागरिकता दिनका लागि राष्ट्रिय परिचयपत्र बितरण जस्तै छुटेकालाई टोली बनाई नागरिकता दिनुपर्ने माँग गरे ।
यस्तै प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले एक ब्यक्ति एक परिचय पत्र नम्वरको कारण सामाजिक सुरक्षा कार्यक्रम, समाजिक बिमा, पेन्सन सुबिधा एंव सरकारवाट दिईने अन्य सेवा सुबिधामा भईरहेको चुहावट नियन्त्रण गर्न राष्ट्रिय परिचयपत्रले सहयोग पुग्ने बताए ।
त्यस्तै शान्ति सुरक्षा कायम गर्न, अपराध नियन्त्रण र अपराधीको पहिचान गर्नमा समेत परिचयपत्र उपयोगि हुने तथा कर, राजश्व छली, आर्थिक प्रशासनिक तथा बिकास ब्यबस्थापनका क्षेत्रमा हुन सक्ने अनियमिततालाई नियन्त्रण, भुमी ब्यबस्थापनका क्षेत्रमा हुने अनियमितता र अनाधिकृत कारोबार नियन्त्रण तथा मुलुकमा सुशासन कायम गर्न उपयोगी प्रमाणित हुने उनको विश्वास छ ।
सो अवसरमा जिल्ला समन्वय समिति सप्तरीका प्रमुख प्रभाकर यादब, राजबिराज नगरपालिका प्रमुख शम्भु यादब, तिलाठी कोईलाडी गाँउपालिका अध्यक्ष सतिश कुमार सिंह, बलानबिहुल गाँउपालिका अध्यक्ष दयानन्द गोईत, राजबिराज नगरपालिका निमित्त प्रशासकिय अधिकृत राजेश कुमार राज, राजबिराजका उपप्रमुख साधना झा, संचारकर्मी श्रवणकुमार देव, सुधा देब, चन्दनकुमार यादब, भिमदल गणका प्रमुख सेनानी गुप्त बहादुर कुँवर लगायतले सुझाव दिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ