News Category 2075/09/09
शितलहर, आगलागी तथा सवारी दुर्घटनाप्रति सचेत गराउन प्रहरीले चलायो सप्ताव्यापी अभियान

दैनिक समाचारदाता
राजविराज, ९ पुस ।
प्राकृतिक प्रकोप शितलहर र आगलागी तथा सवारी दुर्घटनाप्रति सचेत गराउने उद्देश्यले सोमबारदेखी क्षति न्युनिकरण राजविराजमा प्रहरीले सप्ताहव्यापि सचेतना अभियान सुरु गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरी र जिल्ला ट्राफिक प्रहरी कार्यालय शम्भुनाथ सप्तरीको संयुक्त आयोजनामा राजविराजस्थित गजेन्द्र चौकमा एक कार्यक्रमको आयोजना गरी सो सचेतना अभियानको सुरुवात गरिएको हो ।
अभियानको सुरुवात गर्दै सप्तरी प्रहरीका प्रहरी उपरिक्षक राजेन्द्र विष्टले सवारी दुर्घटना, आगलागी, शितलहर तथा अपराध नियन्त्रणका बारेमा विभिन्न सवारी चालक, सहचालक तथा जनतालाई सडक सभ्यता र सामुदायिक सुरक्षालाई अभिवृद्घि गर्न प्रहरीले थालिएको अभियानलाई सार्थक बनाउन सवैको सहयोग आवश्यक रहेको बताए ।
अहिले चिसोको मौसममा सामान्य मानविय त्रृटीका कारण आगलागिका घटनामा बृद्धि हुदै गएकोले यसप्रति सबैलाई सचेत हुनु पर्नेमा जोड दिँदै प्रहरी उपरिक्षक बिवष्टले हुस्सुका कारण समेत दुर्घटना हुने गरेकोले सवारी चालकलाई सवारी सधानमा फग लाइट, इन्डिकेटर, वाइफरलगायतलाई दुरुस्त राख्नु पर्ने सुझाव दिए ।
सोही सचेतना अभियानमा प्रहरीले आफ्नो श्रोत साधनले भ्याएसम्म दुर्घटनालाई न्युनिकरण गर्न सकदो प्रयास गरेपनि सम्बन्धीत व्यक्ति समेत जिम्मेवार भएमात्र त्यसलाई न्युनिकरण गर्न सकिने जोड समेत दिए ।
यस्तै जिल्लामा सवारी दुर्घटना र आगलागी लगायतका घटना बढेपछि न्युनिकरण गर्न जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक कार्यालय र सामुदाय–प्रहरी जिल्ला समितिको संयुक्त आयोजनामा सडक सुरक्षा साप्ताह अभियानकै रुपमा जिल्लाभर सचालन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख छविरमन भट्टराईले बताए ।
कार्यक्रममा सहभागीलाई प्रहरीले, चालकलाई मदिरा सेवन गरी गाडी नचलाउन, चेक जाँच गरी मात्र सवारी साधन सडकमा कुदाउन, सवारी चलाउँदा मोबाईल फोनको प्रयोग नगर्न अनावश्यक हर्नको प्रयोग नगर्न, पैदल यात्रुलाई सडक पेटीबाट हिडन, बाटो काटदा सधै सुरक्षित स्थानबाट मात्रै बाटो काटन लगायतका सचेतना मुलक पर्चाहरु वितरण गरेका थिए ।
सो अभियानका क्रममा राजविराज नगरपालिकाका उपप्रमुख साधना झा, नागरिक समाज, जनप्रतिनिधि, तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उल्लेख्य सहभागी रहेको थियो । अभियान सुभारम्भको अवसरमा सवारी साधनको आन्तिक परिक्षण, मोटरसाईकल चालकलाई लक्षित विशेष सचेतना कार्यक्रम, सडक अतिक्रमण हटाउने, राजमार्गमा ट्राफिक संकेत चिन्हबोर्डहरु थप्ने, अडियो भिडियो प्रदर्शन र पर्चा मार्फत सचेतना फैलाउने लगायतका ७ दिने कार्यक्रम सार्वजनिक गरिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/01 लगातार दोश्रो पटक तिरहुत टाईगर्सले जित्यो मेयरकप प्राइड लिगको उपाधी
- 2082/04/01 भारोत्तोलन संघ सप्तरीको अध्यक्षमा पुन्तिलाल चयन
- 2082/04/01 उच्च अदालतद्वारा पहिलो पटक १८ महिने मुद्दालाई शुन्यमा झारियो
- 2082/04/01 मधेस सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालयद्वारा पूँजीगत खर्चमा ८२.९३ प्रतिशत प्रगती हासिल
- 2082/04/01 डिफेन्डिङ च्याम्पियन तिरहुत टाइगर्स र राजदेवी रोयल्सबीच फाइनल हुने
- 2082/03/31 भारतको गुजरातबाट पाँच नेपाली मजदुरको उद्धार
- 2082/03/31 फाइनलका लागि राजदेवी रोयल्स र खडक वारियर्स तथा तिरहुत टाइगर्स र कन्चनरुप राइनोजबीच प्रतिस्पर्धा हुने
- 2082/03/30 उपचार खर्च माग्दै पीडित परिवार तथा आफन्तद्वारा राजविराज नगरपालिकामा तालाबन्दी
- 2082/03/30 सामुदायिक खानेपानीमा करछुटको माग
- 2082/03/30 राजदेवी रोयल्स र तिरहुत टाइगर्स सेमिफाइनलमा प्रवेश
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ