News Category 2075/09/11
चेक दिएर ७ लाख ठगी गरेको आरोप

दैनिक समाचारदाता
राजविराज, १० पुस ।
सप्तरीको शम्भुनाथ नगरपालिका १२ अर्नाहाका अब्दुला आयल ट्रेडसका संचालक मोम्मद हमिदले स्थानिय प्रवेज हार्डवेयरका संचालक मोहम्मद युसुफले ७ लाख ठगी गरेको आरोप लगाएका छन ।
आयल ट्रेडर्सका संचालक हमिदले राजविराजमा मंगलबार पत्रकार सम्मेलनको आयोजना गरि सो आरोप लगाएका हुन ।
आयोजित पत्रकार सम्मेलनमा जानकारी दिँदै हमिदले गत असार १९ गते युसुफलाई ७ लाख नगदै दिएको जानकारी दिएका छन् । सो रकम एक हप्तामै फिर्ता हुने गरि दिएको उनले बताए । तर, असार २३ गते युसुफले नेपाल बैंक लिमिटेड राजविराजको नाममा ७ लाखको चेक दिएपनि हमिदले सो चेक लिएर असार ३० गते बैंकमा जाँदा खाता रकम जम्मा नभएको गुनासो गरे ।
बिश्वासको आधारमा आफुले स्थानिय व्यापारी समेत रहेका मोहम्मद युसुफलाई कारोवारको सिलिसलामा ७ लाखको रकम दिएको तर, हालसम्म पनि युसुफले सो रकम दिन नमानेको उनले बताए । कम लिनका लागि स्थानिय भद्र भलादमी बसाएर पंचायत गरेपनि रकम दिन आलटाल गरेपछि आफुले सो चेकको तीन चोटी चेक बाउन्स गरेको बताए ।
यता चेक बाउन्स गराएपछि ठगि गर्ने युसुफलाई बैंकिङ कारोवार कसुर बमोजिम जिल्ला प्रहरी कार्यलय सप्तरीमा जाहेरी दिएपनि प्रहरीले युसुफलाई पक्राउ गर्न नसकेको भन्दै आफू थप पीडित हुँदै गएको संचारकर्मीसँग गुनासो पोखे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ