News Category 2075/09/11
मुश्लिम समुदायद्वारा दाईजो प्रथा अन्त्यका लागी अभियान सुरु
दैनिक समाचारदाता
राजविराज, १० पुस ।
सप्तरीका मुश्लिम समुदायले दाइजो प्रथाको अन्त्य गर्न माँग गर्दै मंगलबार देखि १० दिने अभियानको सुरुवात गरेको छ ।
ईस्लामी संघ नेपाल सप्तरीको संयोजनामा दाईजो प्रथाको अन्त्यको माँग गर्दै छोरीलाई दाईजो होइन, पैतृक शिक्षा अंश दियौ भन्ने नारासहितको ¥याली निकाल्दै अभियानको सुरुवात गरेको हो ।
विशेष गरी तराई–मधेशमा सामाजिक कुरितीको रुपमा जडो गाड्दै गएको दाईजो प्रथालाई अन्त्य गर्नका लागि स्थानिय शिव मन्दिरको प्राङ्गनबाट निस्केको महिला, बालबालिका र पुरुष सहभागी ¥यालीले नगर क्षेत्र परिक्रमा गरी जनआन्दोलन चौकमा कोण सभा गरेको छ ।
कोण सभालाई सम्बोधन गर्दै इस्लामी संघ नेपाल सप्तरीका अध्यक्ष मो. कलिमुज्जा खाँले सर्वसाधारणमा दाइजो विरुद्घ चेतना विस्तार गर्ने लक्ष्य सहित १० दिने अभियान थालिएको बताए ।
दाईजो प्रथाले छोरीको पढाई र कतिपयको जिवन नै बर्बाद गर्न थालेपछि यसलाई निरुत्साहित गर्न थालिएको १० दिने अभियानले मद्दत पुग्ने प्रदेश २ को प्रमुखको स्वकिय सचिव मो. युसुफको भनाई छ ।
समाजमा दाईजो लिने र दिने प्रवृतिलाई निरुत्साहित गर्ने मुख्य उद्देश्यका साथ सुरु गरिएको अभियान जिल्लाका सवै १८ वटै स्थानिय तहमा पु¥याउने संघले बताएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ