News Category 2075/09/11
विद्युत चुहावट नियन्त्रणको टोली घरमा पुग्दा त्रासका कारण महिलाको मृत्यु

दैनिक समाचारदाता
राजविराज, १० पुस ।
जिल्लामा बढ्दै गएको विद्युत चुहावटलाई नियन्त्रण गर्न नेपाल विद्युत प्राधिकरण वितरण शाखा राजविराजले चलाएको अभियानका क्रममा मंगलबार बिहान विद्युत चुहावट नियन्त्रण टोलीले चेकजाँच गर्न घरमा पुगे लगत्तै सप्तरीमा एक महिलाको मृत्यु भएको छ ।
सप्तरीको राजगढ गाउँपालिका २ बनैनियाँ कमलपुरकी ४५ वर्षिया सबिता झाको विद्युत चुहावट नियन्त्रण टोलीले चेकजाँच गर्न बिहान ५ बजे घरमा पुगे लगत्तै मृत्यु भएको मृतकका छोरा आनन्द झाले बताएका छन् ।
विद्युत प्राधिकरणका कर्मचारी तथा प्रहरीको संयुक्त टोलीले विद्युत चोरी भएको सूचनाको आधारमा मंगलबार विहान स्थानिय अनिल झाको घरमा पुगे लगत्तै उनकी ४२ बर्षिया पत्नी सबिता झाको मृत्यु भएको जनाइएको छ ।
मृतकका पति अनिलसँगै घरको बरण्डा (दलान) मा सुती रहेकी सवितालाई टोलीले विद्युत मिटर देखाउन र मिटर चेकजाँच गर्न भने लगत्तै सविता डराई तत्कालै ओछ्यानबाट लडेको छोरा आनन्दको भनाई छ ।
यसैबीच प्रहरीले सविता पहिला देखि नै मुटु रोगी रहेको भन्ने जानकारी आएको भन्दै उनीमाथि तर्साउने, हकार्नेकाम नगरिएको दाबी गरे । यस्तै नेपाल विद्युत प्राधिकरण राजविराज बितरण केन्द्रका प्रमुख चन्द्र नारायण साहले घटनाको बारेमा अनुसन्धान गरी दोषीमाथि कार्यवाही गरिने सर्तमा मृतकका आफन्तजनले सहमति गरेको बताए ।
यता गाउँपालिकाका अध्यक्ष परमानन्द यादवले विद्युत चुहावट नियन्त्रणका लागि स्थानिय निकायसँग समन्वयमा मात्र टोली परिचालन गर्नका साटो आक्रमक शैलीमा आएर जनतालाई डरत्रास देखाउने कार्य निन्दनीय रहेको बताए । उनले यस्ता प्रवृतिप्रति गाउँलेहरुको आपत्ति रहेको बताउँदै मृतकका परिवारजनलाई क्षतिपुर्तिका लागी दवाव समेत दिएको जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/02/04 दुई किशोर वेपत्ता
- 2082/02/04 कैद सजाय तोकिएका तीन जना फरार अभियुक्त पक्राउ
- 2082/02/04 प्रजातन्त्र सेनानी लालदेवको निधन
- 2082/02/02 अनुमति नलिई संचालनमा रहेका थप पाँच विद्यालय फेला
- 2082/02/02 न्याय खोज्दा निर्घात कुटपीट गरिएको आरोप
- 2082/02/01 राजनीतिक स्थिरताका लागि वर्तमान सरकार ः गृहमन्त्री लेखक
- 2082/02/01 नाबालिका बलात्कार गरेको आरोपमा नाबालक पक्राउ
- 2082/02/01 दुध बिक्रि गरे वापतको भुक्तानी नपाएको भन्दै पहल गरिदिन प्रजिअलाई आग्रह
- 2082/02/01 डाक्नेश्वरीका प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाबिरुद्ध विशेष अदालतमा आरोप पत्र दायर
- 2082/02/01 ट्याक्टर पल्टिदा चालकको मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ