News Category 2075/09/11
आन्दोलनरत कर्मचारीले कलम बुझाएको २० मिनेट मै फिर्ता लिई काममा फर्के
दैनिक समाचारदाता
राजविराज, ११ पुस ।
स्थानिय तहका कर्मचारीहरु समायोजन विधेयकको विरोध गर्दै आन्दोलनमा उत्रेको ११ औं दिन बुधबार पनि कामकाज ठप्प पारेका छन् । तर, बुधबारै उनीहरु काममा समेत फर्केका छन् ।
राजविराज नगरपालिका कर्मचारीहरुले आ–आफनो कलम प्रमुख प्रशासकिय अधिकृतलाई वुझाएको २० मिनेट न वित्दै कलम फिर्ता लिई काममा फर्केका हुन् ।
पूर्वनिर्धारित आन्दोलनका कार्यक्रम अनुसार धर्नामा वसेका राजविराज नगरपालिकाका कर्मचारीहरुले विहान १२ वजे सामुहिक रुपमा आ–आफनो कलम निमित्त प्रमुख प्रशासकिय अधिकृत राजेश कुमार राजलाई वुझाएका थिए । तर, २० मिनेट न वित्दै उनीहरु कलम फिर्ता लिइ काममा फर्के ।
यता कर्मचारी एशोसिएसनका अध्यक्ष उमेश प्रसाद यादवले सयुक्त आन्दोलन परिचालन समिति काठमाण्डौको निर्देशन अनुसार सात दिनका लागी आन्दोलन स्थगित गरेर काममा फर्किने निर्देशन अनुसार काममा फर्केको जानकारी दिए ।
उनले सरकार र सयुक्त आन्दोलन परिचालन समिति विच सकारात्मक हिसावले वार्ता सहमति नजिक पुग्न लागेकोले थप गृहकार्यका लागी समय आवश्यक परेकाले सात दिनका लागी आन्दोलन स्थगित गरिएको जानकारी दिए ।
आन्दोलनका कारण विगत ११ दिनदेखी काम हुन नसकेको नगरपालिकामा बुधबार दिउँसोदेखी काम सूचारु भएको छ भने बिहीबारदेखी सेवाग्राहीहरुले कार्यालयअवधी भरी काम गराउन सक्ने भएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सोमबार कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ