News Category 2075/09/13
कारागारमा झण्डै तीन गुणा कैदीबन्दी
दैनिक समाचारदाता
राजविराज, १३ पुस ।
राजविराज कारागारमा क्षमताभन्दा झण्डै तिन गुणा कैदीबन्दी रहेका छन् । एक सय २५ जना कैदी–बन्दीको क्षमता रहेको सो कारागारमा हाल १८ जना महिला कैदीसहित ३ सय १५ जना कैदी–बन्दी रहेको कारागारका निमित जेलर सत्यनारायण यादवले जानकारी दिएका छन् ।
जेलर यादवका अनुसार ‘ए ब्लक’ मा १ सय ९६ जना र ‘बि ब्लक’ मा १०७ जना पुरुष तथा सी ब्लकमा १८ जना महिला कैदीबन्दी राखिएको छ ।
राजविराज कारागारमा ठाउँ अभावका कारण कैदी–बन्दीलाई कोचेर राख्नुपरेको कारण गर्मी महिनाको समयमा धेरै समस्या हुने गरेको छ ।
दुई सय ९७ पुरुष र १८ महिला गरी कुल ३ सय १५ जनाको क्षमता रहेको कारागारमा क्षमता भन्दा बढी कैदी–बन्दी राखेका कारण कोचिएर बस्नुुपर्ने बाध्यता रहेको उनको भनाई छ ।
बि.स. २००८ सालमा निर्माण गरीएको राजविराज कारागार साँघुरो र जीर्ण रहेका कारण पनि कैदी–बन्दीलाई समस्या हुने गरेको कारागार प्रशासनले जनाएको छ ।
माटो र ढुंगाको पर्खाल रहेको जीर्ण भवनको मर्मत हुन नसक्दा भत्कन सक्ने खतरा समेत रहेको जेलर यादवको भनाई छ ।
कारागारको नाममा रहेको ५ बिगाहा भन्दा बढी जग्गामध्ये पूर्व र उत्तरतर्फबाट करिब ३ कठ्ठा जग्गा अतिक्रमणमा परेको कारागारका जेलर यादवको दावी छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ