News Category 2075/09/13
प्रहरीसँग आउनुस, समस्याको समाधान हुन्छ ः प्रदेश प्रहरी प्रमुख पाल
चन्दन यादव
राजविराज, १३ पुस ।
नेपाल प्रहरीका प्रहरी नायव महानिरिक्षक तथा प्रदेश २ का प्रहरी प्रमुख हरि बहादुर पालले गलत मानिसको प्रभावमा बिचौलीयाको सहयोग लिएर वा प्रलोभनमा नपरेर सिधै प्रहरी सँग समस्या राख्न आग्रह गरेका छन् ।
सप्तरीको कंचनरुप नगरपालिका ११ स्थित ठेलियामा शुक्रबार नवनिर्मित इलाका प्रहरी कार्यालयको उद्घाटन गर्दै प्रदेश प्रहरी प्रमुख पालले प्रहरीसँग समस्या लिएर आएमा समस्या समाधान हुने विश्वास दिलाए ।
उनले समाजमा शान्ती, सुरक्षा कायम गर्न तथा समाजमा रहेको बिकृती बिंसगतीलाई हटाउन प्रहरी ईमान्दारी पूर्वक काम गरि रहेको दाबी गर्दै नेपाल प्रहरीले निस्वार्थ भावनाले सेवा दिन प्रतिबद्द रहेको तथा अपराध न्युनिकरण गर्न, महिला हिँसा बिरूद्द प्रहरी दिन रात खटिरहेको बताए ।
खुल्ला सिमानामा हुने अपराध नियन्त्रण गर्ने चोरी, तस्करी नियन्त्रण गर्ने प्रयास भईरहेको जानकारी दिँदै उनले भने, “अपराध भइरहेको छ, त्यसको सही सुचना दिनुछ, हामी सेवा दिन तयार छांै ।”
कार्यक्रममा सप्तरीका प्रहरी प्रमुख राजेन्द्र बिष्टले प्रहरी र सुमदाय नमिले समाजमा शान्ति सुरक्षा कायम गर्ने असम्भव रहेकोले प्रहरी र नागरिकको सम्बन्ध सुमधुर बनाई अपराध नियन्त्रण गर्न सबैको सहयोग अपरिहार्य रहेको बताए ।
उनले शान्ति सुरक्षा, कायम गर्न ईलाका प्रहरी कार्यलय निर्माण जस्तै शान्ती सुरक्षा कायम होस भन्ने सोच जस्तै काम हुने, बिश्वास व्यक्त गरे ।
सो कार्यक्रममा कंचनरूप नगरपालिका प्रमुख वसन्त मिश्रले प्रहरीले निस्वार्थ भावनाले सेवा दिन प्रयासरत रहेकोमा आफू बिश्वास्त रहेको बताए ।
सो अवसरमा नेपाल पत्रकार महासँघ सप्तरी अध्यक्ष जितेन्द्र खड्गाले जनमैत्री सेवा प्रदान गर्न, शान्ति सुरक्षा कायम गर्न, नागरिक र प्रहरी बिचको सम्बन्धलाई थप मजबुत बनाउनु पर्नेमा जोड दिए ।
स्थानिय समाजसेवी श्रवण बिष्टले २ कठा १० धुर जग्गा प्रदान पश्चात् नेपाल सरकार, नेपाल प्रहरी प्रधान कार्यलयको नियमित बजेटवाट कुल १ करोड ९० लाख ६० हजार ७ सय ४७ रूपैयाको लागतमा १० कोठे ईलाका प्रहरी कार्यलय ठेलिया भवनको निर्माण गरिएको हो ।
नव निर्मित तीन तल्ले ईलाका प्रहरी कार्यालय भवनमा ब्यारेक, भान्छा घर, नागरिक सहायता कक्ष, संचार कक्ष, हिरासत कक्ष, किचेन, डाईनिंग, महिला र पुरूषको लागि शौचालय लगायतका पुर्वाधार रहेको छ ।
सो अवसरमा समाजसेवी श्रवण बिष्टका दाई प्रभु बहादुर बिष्टलाई प्रहरी नायव महानिरिक्षक पालले दोसला औढाई कदर पत्र सहित सम्मान गरे ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको अध्यक्षतामा आयोजित कार्यकममा सप्तकोसी नगरपालिका प्रमुख उत्तम गौतम, अग्नी साईर कृष्णसावरण गाँउपालिका अध्यक्ष परशुराम चौधरी, कंचनरूप नगरपालिका उपप्रमुख निरू पोखरेल, कंचनरूप नपा वडा ११ अध्यक्ष जिवरिल मियाँ लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रममा स्वागत मन्तव्य प्रहरी नायव उपरिक्षक भावेश रिमालले गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ