News Category 2075/09/13
प्रदेश २ को माटो परीक्षण प्रयोगशाला राजविराजमा स्थापना, माटो परीक्षण गर्न घुम्ती सेवा आरम्भ

दैनिक समाचारदाता
राजविराज, १३ पुस ।
माटो परीक्षण गर्ने उद्देश्यले प्रदेश २ सरकारले राजविराजमा माटो परीक्षण प्रयोगशाला स्थापना गरेको छ ।
प्रदेश २ का भूमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साहले शुक्रबार सो प्रयोगशालाको उद्घाटन गरेका छन् ।
प्रयोगशाला उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साहले प्रदेश २ का ८ जिल्लाको विभिन्न स्थानको माटो प्रशिक्षण गरेर खेती योग्य जमिनका लागि प्रदेश सरकारले अनुदान समेत दिने बताए ।
मन्त्री साहले माटो परीक्षण पछि कृषकहरुलाई माटो स्वास्थ्य कार्ड बितरण गरिने तथा प्रदेश २ अन्तरगत ८ वटै जिल्लाको सबै स्थानिय तहमा माटो परीक्षण गरिने जानकारी दिए ।
उनले लक्ष्य अनुसारको कृषि उत्पादनका लागि प्रदेश २ मा माटो परीक्षण गर्न घुम्ती सेवा समेत आरम्भ गरिएको जानकारी दिँदै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना काठमाडौंले पठाएको भ्यानमार्फत प्रदेशका आठवटै जिल्लामा माटो परीक्षणको सुविधा दिइने बताए ।
किसानलाई माटोप्रति सचेत तुल्याउँदै मलखादको समुचित प्रयोगका माध्यमबाट उत्पादन वृद्धि गर्ने र उत्पादकत्वमा समेत बढोत्तरी गर्ने सरकारको उद्देश्यमा माटो परीक्षण प्रयोगशालाले बल पु¥याउने भन्दै मन्त्री साहले माटोको अवस्थामा सुधार ल्याउन घुम्ती भ्यानका अतिरिक्त स्थलगत शिविर र प्रयोगशालामा पनि माटो परीक्षणको व्यवस्था गरिएको बताए ।
यस्तै प्रयोगशालाका प्रमुख एवं माटोविज्ञ सुनिल सिंहले ‘भ्यानमा माटो परीक्षणका आवश्यक उपकरण र प्राविधिकलगायत अत्यावश्यक वस्तु तथा जनशक्ति रहने जानकारी दिँदै किसानलाई ठाउँका ठाउँ परीक्षण प्रतिवेदन दिइने व्यवस्था समेत मिलाइएको बताए ।
उनका अनुसार घुम्ती भ्यानमार्फत दिनमा ३० देखि ४० जना किसानले संकलन गरेको माटो परीक्षण गर्न सकिने बताए ।
जिल्ला समन्वय समिति सप्तरीका प्रमुख प्रभाकर यादवको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा रुपनी गाउँपालिका अध्यक्ष हरेराम यादव, सप्तकोशी नगरपालिकाका प्रमुख उत्तम गौतम, फोरम नेपालका सप्तरी अध्यक्ष दिनेश यादव, राजपा सप्तरीका नेता सुनिल झा, नेपाली काँग्रेस सप्तरीका सभापति दिनेश कुमार यादव, नेकपाका यूवा नेता निरन्जन झा, फोरमका प्रदेश २ महासचिव शम्भु झा, कृषि मन्त्रालयका सचिव डा. बंशी शर्मा, प्रदेश सभासद्द्वय प्रमिला कुमारी यादव र गिता कुमारी यादव लगायतले शुभकामना मन्तव्य दिएका थिए ।
माटो परीक्षणका लागि चाहिने खर्चमा संघीय सरकारले किसानलाई ७५ प्रतिशत अनुदान दिँदै आएको छ । किसानले भने कुल परीक्षणखर्चको २५ प्रतिशत लगानी गर्दै आएको छ । माटो परीक्षणका लागि अहिले किसानलाई चार सय रुपैयाँ तिर्नुपर्ने हुन्छ । जसमा तीन सय रुपैयाँ संघीय सरकारको अनुदान र सय रुपैयाँ स्वयं किसानको रहने गर्छ ।
घुम्ती भ्यानमा गरिने माटो परीक्षणका लागि किसानले भने सय रुपैयाँमात्र तिर्नुपर्ने हुन्छ । ‘बाँकी रकम कसले तिर्ने निक्र्योल भइसकेको छैन । तर पूर्ववत् निश्चित प्रतिशतमा रकम अनुदान दिने विषयमा टुंगोमा पुगिनेछ । संघ वा प्रदेशमध्ये कुनै सरकारले अनुदान रकम दिनेछ,’ सिँहले भने ।
घुम्ती वा स्थलगत शिविरमा माटोको प्रारम्भिक परीक्षण गरिए पनि विस्तृत परीक्षणका लागि प्रयोगशालालाई नै बढी विश्वसनीय र भरपर्दो मानिन्छ । घुम्ती वा स्थलगत शिविर सञ्चालन हुनुअघि विभिन्न समूह, सहकारी वा कृषिसम्बद्ध कार्यालयमार्फत किसानलाई तालिम दिई माटो संकलन गरी ल्याउन प्रेरित गरिन्छ ।
एक अध्ययनअनुसार प्रदेश २ को माटो ६० देखि ७० प्रतिशत अम्लीय, १० देखि १५ प्रतिशत तटस्थ र बाँकी क्षारीय रहेको छ । राम्रो उत्पादनका लागि तटस्थ माटो चाहिन्छ । तटस्थ माटोमा तरकारी, खाद्यान्नलगायत निकै फस्टाउने गर्छ । अम्लीय र क्षारीय माटोमा लक्ष्यअनुसार उत्पादन हुँदैन ।
‘माटो परीक्षणले मलखादको प्रयोग गर्ने आधार तय गर्छ । माटोमा प्रतिइकाइ चाहिने तत्व कुन हो भन्ने पहिचान गर्दा उत्पादन स्वाभाविक रूपमा बढ्छ,’ सिँहले भने । किसानले उत्पादन बढाउन अहिले सामान्यतया मुख्य तत्वका रूपमा डिएपी युरिया पोटास प्रयोग गर्छन् ।
फस्फोरस र केही प्रतिशत नाइट्रोजन हुने डिएपी, नाइट्रोजन हुने युरिया र पोटासलाई माटोको आवश्यकता र बालीको प्रकारअनुसार प्रयोग गर्न सकिए उत्पादन लक्ष्य प्राप्त गर्न सकिने प्राविधिक ठहरका कारण प्राथमिकताका साथ माटो परीक्षण व्यवस्था प्रदेश सरकारले गरेको हो ।
माटो परीक्षणबाट अपेक्षित उत्पादनलाई आवश्यक मध्यम र न्यून तत्वका बारेमा जानकारी प्राप्त गर्न सकिनेछ । ‘अहिले प्रदेशमा देखिएको जिंक डिफिसिएन्सीजस्ता समस्या निर्मूल गर्न पनि माटो परीक्षण आवश्यक हुन्छ,’ माटोविज्ञ सिँहले भने ।
यसअघि प्रदेश २ का किसानलाई माटो परीक्षणका लागि तत्कालीन पूर्वाञ्चल र अहिलेको प्रदेश १ स्थित क्षेत्रीय माटो प्रयोगशाला पुग्नुपथ्र्यो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/01 लगातार दोश्रो पटक तिरहुत टाईगर्सले जित्यो मेयरकप प्राइड लिगको उपाधी
- 2082/04/01 भारोत्तोलन संघ सप्तरीको अध्यक्षमा पुन्तिलाल चयन
- 2082/04/01 उच्च अदालतद्वारा पहिलो पटक १८ महिने मुद्दालाई शुन्यमा झारियो
- 2082/04/01 मधेस सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालयद्वारा पूँजीगत खर्चमा ८२.९३ प्रतिशत प्रगती हासिल
- 2082/04/01 डिफेन्डिङ च्याम्पियन तिरहुत टाइगर्स र राजदेवी रोयल्सबीच फाइनल हुने
- 2082/03/31 भारतको गुजरातबाट पाँच नेपाली मजदुरको उद्धार
- 2082/03/31 फाइनलका लागि राजदेवी रोयल्स र खडक वारियर्स तथा तिरहुत टाइगर्स र कन्चनरुप राइनोजबीच प्रतिस्पर्धा हुने
- 2082/03/30 उपचार खर्च माग्दै पीडित परिवार तथा आफन्तद्वारा राजविराज नगरपालिकामा तालाबन्दी
- 2082/03/30 सामुदायिक खानेपानीमा करछुटको माग
- 2082/03/30 राजदेवी रोयल्स र तिरहुत टाइगर्स सेमिफाइनलमा प्रवेश
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ