News Category 2075/09/15
पशु व्यवसायीमा आत्मनिर्भर नभए सम्म कृषि क्षेत्र बिस्तार हुदैन् ः कृषि मन्त्री साह
दैनिक समाचारदाता
राजविराज, १५ पुस ।
प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले पशु व्यवसायीमा आत्मनिर्भर नभए सम्म कृषि क्षेत्र बिस्तार नहुने बताएका छन् ।
एक गाउँ एक पशु सेवा प्रविधिकहरुका लागि सामाग्रि तथा उपकरण हस्तान्तरण समारोहलाई आइतबार राजविराजमा सम्बोधन गर्दै मन्त्री साहले कृषि क्षेत्रलाई बिस्तार गर्न पशु व्यवसायीलाई समेत प्राथमिकतामा राखि अगाडी बढ्नु पर्ने धारणा राखेका छन् ।
प्रदेश मन्त्री साहले कृषि क्षेत्रलाई प्रोत्साहन स्वरुप दिइने अनुदानको सदुपयोगको साटो दुरुपयोग भइरहेको भन्दै अनुदान अनुसार उत्पादनमा बृद्धि नभइरहेकोप्रति चिन्ता समेत व्यक्त गरे । उनले अबको दिनमा अनुदान नदिई कृषि उत्पादन बृद्धिका लागि सेवा दिने प्रक्रिया अविलम्बन गर्न सुझाव समेत दिए ।
सोही समारोहमा उनले प्रदेश २ कृषि र पशुपालन क्षेत्रमै निर्भर रहेको भन्दै प्रदेश सरकारले यसको बृद्धि विकासका लागि आउँदो दिनमा पशुहरुमा लाग्ने विभिन्न रोग पत्ता लगाउन एक्सरे मेशिनलगायत अन्य आधुनिक मेशिनहरु खरीद गर्ने सोचमा रहेको जानकारी दिए ।
यस्तै सोही कार्यक्रममा भेटनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र सिरहा सप्तरीका बरिष्ठ पशु विज्ञ अधिकृत धुब्र कुमार यादवले सम्पूर्ण स्थानिय तहमा पशुहरुबाट आय बृद्धि गर्ने उद्देश्यले संघीय सरकारको सहयोगमा पशुपंक्षिको आहारका लागि २ लाख ५० हजारको दरले रकम प्रदान गरेको जानकारी दिए । सो रकमले प्राविधिकहरुको सहयोगमा कृषकहरुले हरियो घाँस आफ्नै खेतमा उत्पादन गरेर दुध र मासु उत्पादनमा बृद्धि गर्न सक्ने बताए ।
पशु विज्ञ अधिकृत धु्रब कुमार चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा वरिष्ठ पशु चिकित्सक डा. संजय कुमार यादव, डा. भागिरथ यादव, नेभ्लाका उपाध्यक्ष योगेन्द्र प्रसाद यादवलगायतका वक्ताहरुले पशु क्षेत्रमा विकासका लागि कृषकहरुले प्राविधिकको सहयोग लिनुपर्ने धारणा राखेका थिए ।
आयोजित सामाग्रि तथा उपकरण हस्तान्तरण कार्यक्रममा मन्त्री साहले जिल्लाका सप्तकोशी नगरपालिका बाहेक १७ वटै स्थानिय तहका ३८ जना पशु प्राविधिकहरुलाई विभिन्न उपकरणहरु हस्तान्तरण गरे । हस्तान्तरण गरिएको उपकरणहरुमा माइक्रोसकोप, सर्जिकल सेट, सेन्ट्रिफ्युज मेशिन लगायत २ लाख बढीको अन्य सामाग्रिहरु रहेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/11 “लेखनाथ आदर्श पुस्तकालय” को हल निर्माणका लागि प्रक्रिया सुरु
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ