News Category 2075/09/16
शेर्पाको हत्याको आरोपमा तामाङ पक्राउ
दैनिक समाचारदाता
राजविराज, १६ पुस ।
सप्तरीको सप्तकोशी नगरपालिका १० निवासी पदिकी शेर्पाको हत्याको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
सोही वडा निवासी ३७ वर्षिय सन्तोष तामाङलाई पक्राउ गरेको जनाएको छ ।
पुस १२ गते बिहानदेखी रमेश श्रेष्ठकी श्रीमती २६ वर्षिया पदिकी शेर्पा घरबाट हराई बेपत्ता भएपछि १३ गते घर नजिकै रहेको पानीको कुलोमा उनी मृत अवस्थामा फेला परेकी थिइन् ।
सो घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गर्दै जाँदा अनुसन्धानका क्रममा सन्तोष तामाङलाई नियन्त्रणमा लिएको जनाएको छ ।
पक्राउ परेका तामाङले पुरानो रिसिईवीका कारणले पदिकी शेर्पाको घर नजिकै रहेको नहर छेउमा ढुङगा र खुकुरी प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरिक्षक राजेन्द्र श्रेष्ठले जानकारी दिएका छन् ।
यता पक्राउ परेका तामाङलाई सप्तरी जिल्ला अदालतबाट म्याद थप गरि आवश्यक अनुसन्धान कार्य गरिरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सोमबार कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ