News Category 2075/09/16
बोदेबर्साईनका प्रमुख सिंहको बिरुद्धमा आन्दोलनको घोषणा

दैनिक समाचारदाता
राजविराज, १६ पुस ।
सप्तरीको बोदेबरसाईन नगरपालिकाका प्रमुख आतेश कुमार सिंहले सरकारी जग्गा र सार्वजनिक पोखरी व्यक्तिगत रुपमा प्रयोग गरि व्यापक अनियमितता गरेको भन्दै गठित संघर्ष समितिले आन्दोलनको घोषणा गरेको छ ।
सोमबार राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरि संघर्ष समितिले सो आन्दोलनको घोषणा गरेको हो ।
संघर्ष समितिका संयोजक ईन्जिनियर आलोक कुमार यादवले संघर्ष समितिका सदस्य इन्जिनियर धनकिशोर साहमाथि शनिबार साँझ आक्रमण भएको घटनाको बिरोधमा समेत आन्दोलन घोषणा गरिएको बताए ।
नगरपालिकामा देखिएको ज्यादती विरुद्ध संघर्ष समितिले आवाज उठाउँदै आउँदा प्रमुख सिंहको निर्देशनमा नगरपालिका तीन जना कर्मचारी र दुई जना उनका लठैतले आक्रमण गरेको संघर्ष समितिको दाबी छ ।
संयोजक यादवका अनुसार नगरपालिकाका कर्मचारी डम्बर यादव, पंकज यादव र सुमन सिंह तथा रुपक यादव र गौरी भने कमलकिशोर यादवले साहलाई कुटपिट गरेका थिए ।
घटनाको बारेमा नगरपालिकाका मेयर आतेश कुमार सिंहसंग फोन गर्दा कुरा नगरेको उनले बताए । यता इन्जिनियर साहसंग कुनै रिसिबि नभएको भन्दै आमिहरु नगरपालिका विरुद्ध संघर्ष गरिरहेकै कारण उनीमाथि प्रमुखले नै आक्रमण गरेको आरोप लगाएका छन् । घटनामा संलग्न भएका व्यक्तिहरुलाई अबिलमव पक्राउ गरी दोषीलाई कार्वाहीको माँग गरिएको छ ।
यस्तै संघर्ष समितिका संयोजक आलोक यादवले प्रमुख सिंहले २२ कठ जग्गा तत्कालिन गाविसको जग्गा र त्यसमा रहेको सार्वजनिक पोखरी व्यक्तिगत भन्दै उपभोग गरिरहेको आरोप समेत लगाए । तत्कालिन गाविसले प्रमुख सिंहका हजुरबुबालाई सो जग्गा वापत ४ लाख रकम दिएको उनको दाबी छ ।
आन्दोलनका कार्यक्रम अनुसार संघर्ष समितिले मंगलबार बोदेबरसाइन बजार दिउँसो १ बजे देखि २ बजेसम्म बजार बन्द गरी नारा जुलुससहित प्रदर्शन र कोणसभाको आयोजना गरिने जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/24 रुपनीमा आगलागि हुँदा ५० लाखको क्षति, एक जना घाइते
- 2082/06/24 राजविराज बसपार्क संचालन प्रक्रिया अघि बढ्यो
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ