News Category 2075/09/18
प्रसुती गृह भवन स्वास्थ्य मन्त्रालयले नै निर्माण गर्ने ः उपप्रधानमन्त्री यादव
दैनिक समाचारदाता
राजविराज, १८ पुस ।
उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले भारत सरकारको सहयोगमा राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पताल हाता भित्र शुरु गरिएको प्रसुती गृह भवन लामो समयदेखि अधुरो रहेकोमा चिन्ता व्यक्त गरेका छन् ।
उनले अधुरो प्रसुती गृह भवन स्वास्थ्य मन्त्रालयले नै निर्माण गर्ने जिम्मा लिएको समेत जानकारी दिए ।
अगामी फागून १ देखि नेपाली सेनाको सहकार्यमा स्वास्थ्य मन्त्रालयद्वारा आयोजना गरिने वृहत निःशुल्क स्वास्थ शिविरको पूर्व तयारी र स्थलगत अध्ययनको शिलशिलामा बुधवार राजविराज आईपुग्नुभएका उप प्रधानमन्त्री यादवले स्तरीय स्वास्थ्य सेवा लिन उचित वातावरण बनाउन पनि उत्तिकै आवश्यक रहेको बताए । उनले वातावरण राम्रो बनाउने काम स्थानियवासीले बनाए स्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने व्यवस्था सरकारले गर्ने बताए ।
शिविर संचालनका लागि स्थानीय गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा आयोजित छलफल कार्यक्रममा उनले मेडिकल सुपरिन्टेन्डेन्ट डा. चुमनलाल दासलाई राजविराजमा खटाइएका डाक्टरहरु मध्ये को को आए र को को आएनन् सो को सुचि तयार गरी यथाशिघ्र मन्त्रालयमा विवरण बुझाउन र शिविर अवधिभर कुनै पनि तहका स्वास्थ्यकर्मीलाई विदा नदिन निर्देशन पनि दिए ।
उनले फागुन १ गतेदेखी शुरु हुने वृहत स्वास्थ्य शिविरमा सप्तरीका साथै सिरहा, सुनसरी र उदयपुरसम्मका विरामीले उपचार सेवा पाउने विश्वास व्यक्त गर्दै शिविर सफल बनाउन सबैले आ–आफ्नो स्थानबाट सहयोग गर्नुपर्नेमा जोड दिए । सेना र स्वास्थ्य मन्त्रालय नै लागेपछि शिविरबाट स्तरीय स्वास्थ्य सेवा प्रदान हुनेमा आफु ढुक्क रहेको उनको भनाई थियो ।
निकट भविष्यमै रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान राजविराजमा स्थापना हुन लागेको जानकारी दिदै उनले आफु स्वास्थ सेवाबाट कोही पनि बन्चित नहोस् भन्ने चाहनाका साथ अघि बढेको बताए ।
कार्यक्रममा नेपाली सेनाका उपरथी डा. शशि राइले ११ दिनसम्म चल्ने शिविरमा सेनाका विशेषज्ञ डाक्टरहरु खटिने र शिविरमा समान्यदेखि जटिल रोगको उपचार तथा शल्यक्रिया सेवा समेत प्रदान गरिने जानकारी दिए ।
शिविरमा जाँच, उपचार र औषधी सबै निःशुल्क प्रदान गरिने उनको भनाई थियो । अहिलेसम्म कै सबभन्दा ठुलो स्वास्थ्य शिविर नगरमा आयोजना हुन लागेकोमा प्रसन्ता व्यक्त गर्दै नगर प्रमुख शम्भु प्रसाद यादवले शिविर सञ्चालनका लागि नगरपालिकाले पनि श्रोत साधनले भ्याएसम्म सहयोग गर्ने प्रतिबद्धता जनाए ।
मेडिकल सुपरिटेन्डेन्ट डा. दासले बृहत स्वास्थ्य शिविर सञ्चालनका लागि अस्पतालसँग भएको श्रोत, साधन र जनशक्ति बारे उपप्रधान मन्त्री यादवलाई जानकारी गराएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ