News Category 2075/09/19
बैदेशिक रोजगारमा हुने ठगी नियन्त्रणका लागि अभियान चलाइने
दैनिक समाचारदाता
राजविराज, १९ पुस ।
सप्तरीमा बैदेशिक रोजगारमा हुने ठगीलाई नियन्त्रण गरी ठगी मुक्त जिल्ला घोषणा गर्नका लागी अभियान चलाउने सरोकारवाला निकायले बताएका छन ।
बैदेशिक रोजगारलाई सुरक्षित मर्यादित र लाभदाय बनाउन उद्देश्यले आप्रवासन हकहित संरक्षण केन्द्रका सदस्यहरूको एकदिने क्षमता अभिबृद्वि सम्बन्धी अभिमुखिकरण कार्यक्रममा सहभागीहरूले सो कुरा बताएका हुन ।
बिहिवार सामी हेल्भेटास नेपालको सहयोगमा तथा सप्तरी सामुदायिक बिकास केन्द्र आयोजनमा क्षमता अभिबृद्वि कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादबले भाषाको ज्ञान, सिपको अभाबका कारण कामदारहरू बिदेशमा समस्यामा पर्ने गरेको छ । उनले बिदेशमा जादाँ सहि सुचना र सीप तथा सम्बन्धी कामको ग्यारेन्टी नहुन्जेल सम्म परदेश जान नहुने बताउदै सबै कुरामा बुझेर जान आग्रह गरे ।
सो अवसरमा सामी हेल्भेटास नेपालका कार्यक्रम अधिकृत देव नारायण चौधरीले सम्भाबित आप्रवासी कामदार तथा तिनका परिवारले बैदेशिक रोजगार वारेमा सहि सुचनाको अभावका कारण बिदेशमा युवाहरू ठगिने गरेकोले सबै कुरा बुझेर जान सल्लाह दिए ।
यस्तै सप्तरी सामुदायिक विकास केन्द्र नेपालका अध्यक्ष यसैगरी शम्भन्न्नद चौधरीले सुचना दिएपनि समस्या त्यति नै उत्पति हुने गरेकोले बिदेश जाने युवाहरूले स्वदेशमै रोजगार गर्नुपर्ने बताए । बैदेशिक रोजगारमा जाने युवाहरूलाई गाँउघर मै युवाहरूलाई सही सुचना र रकम बुझाउदा अनिवार्य भरपाई तथा सीप लिनका लागि प्रेरित गराउन आप्रवासन हकहित केन्द्रका सदस्यहरूले पहल गर्ने जानकारी दिए ।
कार्यक्रममा संचारकर्मी नवीन कुमार गुप्ताले बिदेश जानुपुर्व सबै कुरा बुझेर जानुपर्नेमा जोड दिईदै बैदेशिक रोजगार सम्बन्धी सुचनाको पहुच सबै स्थानिय तहमा पु¥याउनु पर्नेमा जोड दिए ।
संस्थाका अध्यक्ष शम्भुनन्द चौधरीको अध्यक्षतमा सम्पन्न कार्यक्रममा अध्यक्ष चौधरीसहित नेपाल पत्रकार महासँघ शाखा सप्तरी सहसचिव चन्दनकुमार यादब, आप्रवासन हकहित संरक्षण केन्द्रका अध्यक्ष जयबिन्द सिँह, सुचना तथा परामर्श केन्द्रका संयोजक रामप्रवेश मण्डल, लगायतले सहजिकरण गरेका थिए ।
यसैबीच सोही सोही कार्यंक्रममा सुरक्षित आप्रवासन हकहित केन्द्र सप्तरीको पुर्नगठन गरिएको छ । आप्रवासन हकहित केन्द्र सप्तरीको अध्यक्षमा पुनंह जयबिन्द सिँहको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति चयन गरिएको हो ।
चयन भएको समितिको उपाध्यक्षमा कंचनपुरवाट गोमा अचार्य सचिवमा बिरेन्द्र मण्डल, सहसचिवमा दिलिपकुमार यादब, कोषाध्यक्षमा दुर्गा भटराई, चयन गरिएको छ ।
यसैगरी सदस्यहरूमा सवनम खातुन, रिषु चौधरी, संतोष पाल, लाल महम्मद, संतोष कुमार यादब, र जितेन्द्र सिँन्हा चयन भएको छ भने सल्लाहकारमा पत्रकार चन्दनकुमार यादब, सप्तरी समुदाय बिकास केन्द्रका रामप्रवेश मण्डल र प्रकाश पोखरेल चयन गरेको सप्तरी सामुदायिक बिकास केन्द्रका अध्यक्ष शम्भुनन्द चौधरीले जानकारी दिए ।
यस्तै पर्नगठित केन्द्रका अध्यक्ष सिँहले बैदेशिक रोजगारमा क्रममा युवाहरूलाई दलालहरूले झुठो प्रलोभनमा पारी रकम ठगी गर्नेलाई समाजिक दण्ड दिने बताए ।
उनले बैदेशिक रोजगारमा सप्तरीमा हुने ठगीलाई नियन्त्रण गर्नका लागि गाँउगाँउमा अभियान चलाउने र जिल्लालाई केही बर्षमै ठगी मुक्त जिल्ला घोषणा गर्ने प्रतिबद्धता समेत जनाए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ