News Category 2075/09/23
महाधिवेशनलाई लक्षित गर्दै राजपा सप्तरीको बिस्तारित बैठक सम्पन्न
दैनिक समाचारदाता
राजविराज, २३ पुस ।
राष्ट्रिय जनता पार्टी नेपालले प्रथम एकता महाअधिवेशनको तयारी गर्ने उद्देश्यका साथ सोमबार राजविराजमा बिस्तारित बैठक सम्पन्न गरेको छ ।
राजपा सप्तरीको आयोजनामा बिस्तारित बैठकमा राजपा महासचिव मनिषकुमार सुमनले बैशाख ७ र ८ गते हुने प्रथम एकता महाअधिबेशनलाई लक्षित गरि सप्तरीसहित २९ जिल्लामा बिस्तारित बैठक गर्न लागेको जानकारी दिएका छन् ।
पार्टीका सप्तरी संयोजक सतिश कुमार सिंहको अध्यक्षतामा सम्पन्न बिस्तारित बैठकमा राजपाका महासचिव सुमनले महाअधिबेशनलाई लक्षित गरी बिस्तारित बैठक गर्न लागको बताए ।
उनले बैठकबाट प्रत्येक नगरपालिका तथा गाँउपालिकामा वडास्तरिय भेलाका लागि जिम्मेवारी दिईने र पुस २५ गते वडाको बिस्तारित बैठक सम्पन्न गर्ने केन्द्रीय कार्यक्रम रहेको उल्लेख गरे ।
प्रदेश सासंद समेत रहेका सुमनले महाअधिवेशनको तैयारीकालागी कार्यक्रमको वारेमा प्रस्तुती गर्दै पार्टीको संगठन मजबुत बनाउनका लागि वडा स्तरिय भेलावाट प्रत्येक टोलटोलमा क्रियासिल सदस्य तथा सधारण सदस्य बनाउन वडा परिचालन कमिटि निर्माण गरि सदस्यता बितरण गर्ने बताए ।
यस्तै जिल्ला संयोजक सिंहले प्रत्येक वडामा सक्रिय सदस्य बढाउन, सदस्यता बितरण तथा वडा अधिबेशन सम्पन्न गरि माघ २५ गते भित्र सक्रिय फारमसहित जिल्लामा बुझाउन बैठकमा आग्रह गरे ।
सो अवसरमा राजपा केन्द्रिय सदस्य दिनेश यादबले राजपा पार्टीको संगठन मजबुत बनाउन, नातावाद, कृपावादलाई त्यागेर शहिदको सपना साकार पार्नका लागीे सक्रिय कार्यकर्ताको मुल्याकंन गरेमा मात्र पार्टीको संगठन बलियो हुने तर्क दिए ।
सो बैठकमा राजपाका बरिष्ठ उपाध्यक्ष तथा समाजिक बिकास मंन्त्री नवलकिसोर साह, प्रतिनिधि सभा सदस्य चन्द्रकान्त चौधरी, प्रदेश सासंद बिदेश्वर यादब, बरिष्ठ उपाध्यक्ष मृगेन्द्र कुमार सिँह यादब, शेखरकुमार सिँह, राजपा महासचिव केशव झा, जयप्रकाश ठाकुर, सहमहासचिव गजेन्द्र मण्डल, जिल्ला समन्वय समितिका सप्तरीका प्रमुख प्रभाकर यादब, राजपा अध्यक्ष मण्डलका सदस्य सुनिल कुमार झा, राजबिराज नगरपालिका प्रमुख शम्भु यादब, रूपनी गाँउपालिका अध्यक्ष हरेराम यादब, राजपलगायतले पार्टी भित्र देखीएका मतभेद हटाई गाउँ गाँउमा सक्रिय सदस्यता बढाएर संगठन बिस्तार गर्नुपर्नेमा जोड दिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ