News Category 2075/09/25
जिम्मेवारी कसले लिने ? विद्युत प्राधिकरणको बिल र ई–सेवाको बिलमा फरक फरक रकम
दैनिक समाचारदाता
राजविराज, २५ पुस ।
नेपाल विद्युत प्राधिकरण बितरण केन्द्र राजविराजले विद्युत महसुल वापत ग्राहकलाई दिने गरेको बिल र नेपाल सरकारबाट मान्यता प्राप्त ई–सेवाबाट भुक्तान गर्दा देखिएको बिलको रकम फरक फरक भेटिएको छ ।
नेपाल विद्युत प्राधिकरण राजविराज केन्द्रबाट एक ग्राहकलाई दिएको विद्युत महसुल वापतको बिल र ई–सेवाबाट जारि गरिएको बिलको रकममा ३ हजार ७ सय ३४ रुँपैया ८३ पैसाको फरक भेटिएको छ ।
घरेलु प्रयोजनका लागि मिटर जडान गरेकी ग्राहक नं. ३०३५४ राजविराज ४ निवासी ठकनी कुमारी साहको नाममा २०७५ साल पुस महिनाको विद्युत महसुल वापत ४६३४ रुँपैया ८३ पैसाको रकम आएको तर, सोही नाम, ग्राहक नं., महिना र ठेगाना उल्लेख भएको ई–सेवाको बिलमा ९०० मात्र रकम उल्लेख भएको देखिएको छ ।
एउटै संस्था र सोही संस्थाबाट मान्यता प्राप्त अर्को संस्थाबाट जारि भएको बिलमा फरक फरक रकम भेटिएपछि अहिले ठकनीकुमारी साह दुविधामा परेकी छिन् । ठकनीले ती दुई बिल मध्ये ई–सेवामार्फत १८ रुँपैया छुटसहित ९०० रुँपैयाबाट ८८२ रुँपैया भुक्तान समेत गरिसकेकी छिन् । पुस २५ गते बिल भुक्तान गर्ने अन्तिम मितिमा मिटर रिडरले ४६३४ रुँपैया ८३ पैसाको बिल दिएपछि उनी प्राधिकरणको कार्यालय राजविराजमा पुगेर संचारकर्मीलाई देखाउँदै आफू अन्यायमा परेकी बताईन् ।
यता जानकारका अनुसार प्राधिकरणले आफ्नो कम्प्युटरमा ग्राहकको नाम, ग्राहक नं., कोड, मिटर रिडिङ अंक दाखिला गरेपछि मात्र रकम आफै इन्ट्री हुने बताउँछन् । र सो इन्ट्री भएपपिछ मात्र इ–सेवामा गरिएको लिंक अनुसार ग्राहकले आफ्नो कोड, नं. र बितरण केन्द्रको नाम छानेपछि चालु महिनाको विद्युत महसुल देखिन्छ ।
यस्तै एउटै महिनाको आधिकारीक दुई स्थानबाट प्रदान गरिएको बिलमा फरक फरक रकम उल्लेख भएपछि ग्राहक अन्यौलमा परेका छन् । राजविराज वडा नं. १ का स्थानीयवासी लक्ष्मी यादवले दुई बिलमा फरक फरक रकम उल्लेख भएको देखेपछि अब कुन आधिकारिक निकायमा विश्वास गर्ने भन्दै विद्युत प्राधिकरणमाथी प्रश्न ते¥याएका छन् ।
यस सम्बन्धमा नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र राजविराजका प्रमुख चन्द्रनारायण साहसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ