News Category 2075/09/25
जिम्मेवारी कसले लिने ? विद्युत प्राधिकरणको बिल र ई–सेवाको बिलमा फरक फरक रकम
दैनिक समाचारदाता
राजविराज, २५ पुस ।
नेपाल विद्युत प्राधिकरण बितरण केन्द्र राजविराजले विद्युत महसुल वापत ग्राहकलाई दिने गरेको बिल र नेपाल सरकारबाट मान्यता प्राप्त ई–सेवाबाट भुक्तान गर्दा देखिएको बिलको रकम फरक फरक भेटिएको छ ।
नेपाल विद्युत प्राधिकरण राजविराज केन्द्रबाट एक ग्राहकलाई दिएको विद्युत महसुल वापतको बिल र ई–सेवाबाट जारि गरिएको बिलको रकममा ३ हजार ७ सय ३४ रुँपैया ८३ पैसाको फरक भेटिएको छ ।
घरेलु प्रयोजनका लागि मिटर जडान गरेकी ग्राहक नं. ३०३५४ राजविराज ४ निवासी ठकनी कुमारी साहको नाममा २०७५ साल पुस महिनाको विद्युत महसुल वापत ४६३४ रुँपैया ८३ पैसाको रकम आएको तर, सोही नाम, ग्राहक नं., महिना र ठेगाना उल्लेख भएको ई–सेवाको बिलमा ९०० मात्र रकम उल्लेख भएको देखिएको छ ।
एउटै संस्था र सोही संस्थाबाट मान्यता प्राप्त अर्को संस्थाबाट जारि भएको बिलमा फरक फरक रकम भेटिएपछि अहिले ठकनीकुमारी साह दुविधामा परेकी छिन् । ठकनीले ती दुई बिल मध्ये ई–सेवामार्फत १८ रुँपैया छुटसहित ९०० रुँपैयाबाट ८८२ रुँपैया भुक्तान समेत गरिसकेकी छिन् । पुस २५ गते बिल भुक्तान गर्ने अन्तिम मितिमा मिटर रिडरले ४६३४ रुँपैया ८३ पैसाको बिल दिएपछि उनी प्राधिकरणको कार्यालय राजविराजमा पुगेर संचारकर्मीलाई देखाउँदै आफू अन्यायमा परेकी बताईन् ।
यता जानकारका अनुसार प्राधिकरणले आफ्नो कम्प्युटरमा ग्राहकको नाम, ग्राहक नं., कोड, मिटर रिडिङ अंक दाखिला गरेपछि मात्र रकम आफै इन्ट्री हुने बताउँछन् । र सो इन्ट्री भएपपिछ मात्र इ–सेवामा गरिएको लिंक अनुसार ग्राहकले आफ्नो कोड, नं. र बितरण केन्द्रको नाम छानेपछि चालु महिनाको विद्युत महसुल देखिन्छ ।
यस्तै एउटै महिनाको आधिकारीक दुई स्थानबाट प्रदान गरिएको बिलमा फरक फरक रकम उल्लेख भएपछि ग्राहक अन्यौलमा परेका छन् । राजविराज वडा नं. १ का स्थानीयवासी लक्ष्मी यादवले दुई बिलमा फरक फरक रकम उल्लेख भएको देखेपछि अब कुन आधिकारिक निकायमा विश्वास गर्ने भन्दै विद्युत प्राधिकरणमाथी प्रश्न ते¥याएका छन् ।
यस सम्बन्धमा नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र राजविराजका प्रमुख चन्द्रनारायण साहसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सोमबार कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ