News Category 2075/09/26
लोकेन्द्र स्मृती तामाङ र वातावरणीय पुरस्कार रामलाई प्रदान

दैनिक समाचारदाता
राजविराज, २६ पुस ।
नेपाल पत्रकार महासंघ सप्तरीले प्रदान गर्दै आएको लोकेन्द्र स्मृति पत्रकारिता पुरस्कारबाट यसवर्ष पत्रकार वृजमान तामाङलाई प्रदान गरेको छ ।
सप्तरीलाई कार्यक्षेत्र बनाई पत्रकारिता गर्दै आएका तामाङलाई २५ औं लोकेन्द्रकुमार स्मृति दिवसको अवसरमा नगद २ हजार ५ सय १ सहित सो पुरस्कार प्रदान गरिएको हो ।
राजविराजमा बिहीबार आयोजना गरिएको कार्यक्रममा राष्ट्रियसभाका सदस्य तथा लोकेन्द्र स्मृति पत्रकारिता पुरस्कार कोषका संस्थापक सदस्य सुमनराज प्याकुरेलले तामाङलाई दोसल्ला र प्रमाणपत्रसहित सम्मानित गरे ।
नेपाल पत्रकार महासंघ सप्तरीका सभापति जितेन्द्र खड्गाको अध्यक्षतामा आयोजित कार्यक्रममा पुरस्कार छनौट समितिका संयोजक वरिष्ठ पत्रकार अनिल कुमार अनल, शिवहरि भट्टराई, बैजनाथ झालगायतका संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।
सोही कार्यक्रममा राष्ट्रियसभाका सदस्य प्याकुरलले ८ हजार ५ सय, सप्तरी उद्योग वाणिज्य संघका अध्यक्ष अरुण प्रधानले ५ हजार रुपैयाँ लाकेन्द्र स्मृती पुरस्कारका लागि प्रदान गरेका छन् ।
यसैबीच सोही कार्यक्रममा वातावरणीय पत्रकारिता पुरस्कारबाट पत्रकार विद्यानन्द रामलाई सम्मानित गरिएको छ । १०औं उमा सिंह स्मृति दिवसको अवसरमा सो पुरस्कार पत्रकार रामलाई आजको वातावरण पत्रिकाका प्रकाशक सम्पादक बैजनाथ झाले प्रदान गरेका हुन् ।
यस्तै वरिष्ठ पत्रकार तथा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष शिवहरी प्रसाद भट्टराईले ‘मुक्ति–लक्ष्मी पत्रकारिता पुरस्कार’को घोषणा गरेका छन् । स्वर्गीय पिता मुक्तिनाथ भट्टराई र माता लक्ष्मी भट्टराईको स्मृतिमा भट्टराईले ५ हजार राशीको पुरस्कारको घोषणा गरेका हुन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/24 रुपनीमा आगलागि हुँदा ५० लाखको क्षति, एक जना घाइते
- 2082/06/24 राजविराज बसपार्क संचालन प्रक्रिया अघि बढ्यो
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ