News Category 2075/09/26
लोकेन्द्र स्मृती तामाङ र वातावरणीय पुरस्कार रामलाई प्रदान
दैनिक समाचारदाता
राजविराज, २६ पुस ।
नेपाल पत्रकार महासंघ सप्तरीले प्रदान गर्दै आएको लोकेन्द्र स्मृति पत्रकारिता पुरस्कारबाट यसवर्ष पत्रकार वृजमान तामाङलाई प्रदान गरेको छ ।
सप्तरीलाई कार्यक्षेत्र बनाई पत्रकारिता गर्दै आएका तामाङलाई २५ औं लोकेन्द्रकुमार स्मृति दिवसको अवसरमा नगद २ हजार ५ सय १ सहित सो पुरस्कार प्रदान गरिएको हो ।
राजविराजमा बिहीबार आयोजना गरिएको कार्यक्रममा राष्ट्रियसभाका सदस्य तथा लोकेन्द्र स्मृति पत्रकारिता पुरस्कार कोषका संस्थापक सदस्य सुमनराज प्याकुरेलले तामाङलाई दोसल्ला र प्रमाणपत्रसहित सम्मानित गरे ।
नेपाल पत्रकार महासंघ सप्तरीका सभापति जितेन्द्र खड्गाको अध्यक्षतामा आयोजित कार्यक्रममा पुरस्कार छनौट समितिका संयोजक वरिष्ठ पत्रकार अनिल कुमार अनल, शिवहरि भट्टराई, बैजनाथ झालगायतका संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।
सोही कार्यक्रममा राष्ट्रियसभाका सदस्य प्याकुरलले ८ हजार ५ सय, सप्तरी उद्योग वाणिज्य संघका अध्यक्ष अरुण प्रधानले ५ हजार रुपैयाँ लाकेन्द्र स्मृती पुरस्कारका लागि प्रदान गरेका छन् ।
यसैबीच सोही कार्यक्रममा वातावरणीय पत्रकारिता पुरस्कारबाट पत्रकार विद्यानन्द रामलाई सम्मानित गरिएको छ । १०औं उमा सिंह स्मृति दिवसको अवसरमा सो पुरस्कार पत्रकार रामलाई आजको वातावरण पत्रिकाका प्रकाशक सम्पादक बैजनाथ झाले प्रदान गरेका हुन् ।
यस्तै वरिष्ठ पत्रकार तथा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष शिवहरी प्रसाद भट्टराईले ‘मुक्ति–लक्ष्मी पत्रकारिता पुरस्कार’को घोषणा गरेका छन् । स्वर्गीय पिता मुक्तिनाथ भट्टराई र माता लक्ष्मी भट्टराईको स्मृतिमा भट्टराईले ५ हजार राशीको पुरस्कारको घोषणा गरेका हुन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/21 सप्तरीमा सेनासहित ७ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन
- 2082/10/21 कारागारमा प्रतिबन्धित लागुऔषध र मोबाइल फेला
- 2082/10/21 प्रधानमन्त्री कप छनौट प्रतियोगितामा घरेलु टोलीको विजयी सुरुवात
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ