News Category 2075/09/26
उपप्रम यादवद्वारा एन.आई.सियु भवनको शिलान्यास
दैनिक समाचारदाता
राजविराज, २६ पुस ।
राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा ३१ करोडको लागतमा नयाँ पक्की एन.आई.सियु भवन निर्माण हुने भएको छ ।
उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवले बिहीबार एक कार्यक्रमबीच सो भवनको शिलान्यास गरेका हुन् ।
उपप्रम यादवले अस्पतालमा एन.आई.सियु. सेवाको उद्घाटन पश्चात् राजविराज नगर क्षेत्रका विभिन्न सडकको शिलान्यास समेत गरे ।

शिलान्यास गर्दै उपप्रम यादवले अस्पताल व्यवस्थित भएपछि गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच बढाउने मात्रै नभई स्थानियस्तरमा आर्थिक गतिविधि समेत बढने विश्वास व्यक्त गरे ।
शहरी विकास मन्त्रालयको सहयोगमा ३१ करोड, ६ लाख, २० हजार १ सय ४७ (मुल्य अभिवृद्धि कर वाहेक) रुपैया लगानीमा अस्पतालको पुरानो संरचना भत्काई सुविधायुक्त नयाँ भवन बनाउन लागिएको अस्पालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिए ।
तीन तल्ले अस्पतालको नयाँ भवनमा विभिन्न वार्ड, विभाग र चिकित्सक वस्ने क्वाटर सहित कुल ६६ वटा कोठाहरु रहने छन् । भुकम्प प्रतिरोधी हुने नयाँ भवन १५ असाढ २०७८ भित्र निर्माण कार्य सम्पन्न गरी अस्पताललाई हस्तान्तरण गर्ने तयारी रहेको सघन सहरी तथा भवन निर्माण आयोजना सप्तरीका प्रमुख रमेश थिङले जानकारी दिए ।
कार्यक्रममा सहरी विकास मन्त्री ईस्ताईक राईन, प्रदेश २ का भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साह, राष्ट्रिय सभाका सदस्य सुमनराज प्याकुरेल, राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादव, स्वास्थ्य सचिव डा. पुष्पा चौधरी लगायतले आवश्यक पुर्वाधार निर्माण र सर्वसधारणलाई भरपर्दो सेवा दिन आफूहरु प्रतिवद्ध रहेको बताए ।
यस्तै विहीवारै उपप्रम यादवले राजविराजमा प्रस्तावित रामराजा प्रसाद सिंह मेडिकल कलेज निर्माण स्थलको निरिक्षण समेत गरे । निरिक्षणकै क्रममा उनले रामराजा प्रसाद सिंह मेडिकल कलेजले स्थानिय क्षेत्रको मात्र नभई प्रदेश कै स्वास्थ्य क्षेत्रका लागि कोशे ढुंगा सावित हुने उल्लेख गरे ।
प्रस्तावित मेडिकल कलेजका लागि राजविराज नगरपालिकाले वडा १० मा करिव ८६ विगहा जग्गा यस अघि नै उपलब्ध गराउने निर्णय गरिसकेको छ । स्वास्थ्य क्षेत्रमा वर्षैैदेखी पछाडी परेको सप्तरी स्वास्थ्य क्षेत्रको विकासका कारण काचुली फेर्ने भएपछि जिल्लावासीमा खुशीको माहोल छाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ