News Category 2075/09/27
सहकारीहरुको अवस्थालाई उकास्न बैंकले आवश्यक सहयोग गर्ने ः अध्यक्ष उप्रेती
दैनिक समाचारदाता
राजविराज, २७ पुुस ।
राष्ट्रिय सहकारी बैंकका नवनिर्वाचित अध्यक्ष केबी उप्रेतीले सप्तरीका सहकारीहरुको अवस्थालाई उकास्न बैंकले आवश्यक सहयोग गर्ने बताएका छन् ।
अध्यक्षमा उप्रेती निर्वाचित भएपछि पहलो पटक सप्तरी जिल्लाको विभिन्न सहकारी संस्थाहरुको निरिक्षण एवं अवलोकन गर्ने क्रममा उनले सो सहयोग गर्ने बताएका हुन् ।
राष्ट्रिय सहकारी बैंक राजविराजमा शाखामा शुक्रबार आयोजित सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष उप्रेतीले सप्तरीका सहकारी संस्थाहरुले गरिरहेको काम सहनिय रहेको भन्दै सहकारीको विकासमा आफूले आफ्नो कार्यकालमा प्रयास गर्ने प्रतिबद्धता समेत जनाए ।
उनीसँगै संचालक समितिको सदस्यमा निर्वाचित विश्वनाथ मण्डलले सप्तरीका सहकारीहरुले देखाएको सद्भाव र सहयोगप्रति आभार व्यक्त गर्दै आउँदो दिनमा सहकारी अभियानलाई अझ निरन्तरताका साथ लैजाने प्रतिबद्धता जनाए ।
यसैबीच राष्ट्रिय सहकारी बैंक राजविराज शाखाले अध्यक्ष उप्रेती र सदस्य मण्डललाई सम्मान समेत गरेको छ । सो अवसरमा जिल्लाका विभिन्न सहकारी संस्थाका अध्यक्ष एवं प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
यसैबीच शुक्रबारै नवनिर्वाचित अध्यक्ष उप्रेती र सदस्य मण्डललाई आइडिएल सहकारी संस्था, जनज्योती कृषि सहकारी संस्था, नेपाल सहकारी संस्था, माँ सख्डेश्वरी सहकारी संस्था, ग्लोबल सहकारी संस्था, मनोकामना सहकारी संस्था फत्तेपुर, संकटमोचन सहकारी संस्था लगायतले छट्टाछुट्टै सम्मान गरेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/21 सप्तरीमा सेनासहित ७ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन
- 2082/10/21 कारागारमा प्रतिबन्धित लागुऔषध र मोबाइल फेला
- 2082/10/21 प्रधानमन्त्री कप छनौट प्रतियोगितामा घरेलु टोलीको विजयी सुरुवात
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ