News Category 2075/09/27
लोकेन्द्र स्मृतीमा रक्तदान र बृक्षारोपन
दैनिक समाचारदाता
राजविराज, २७ पुुस ।
स्वर्गिय लोकेन्द्र बुढाथोकीको स्मृतिमा शुक्रबार राजविराजमा बृक्षारोपण, रक्तदान तथा श्रद्धाञ्जली सभा गरेको छ ।
अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) क्याम्पस इकाई कमिटीले राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमा विभिन्न कार्यक्रम गरी बुढाथोकीको २५औं स्मृति दिवस मनाएको हो ।
क्याम्पस हाता भित्र २५ वटा बृक्षारोपण गर्नुका साथै २५ जनाले रक्तदान गरी २५औं स्मृति दिवस मनाइएको अनेरास्ववियु (क्रान्तिकारी) क्याम्पस इकाई कमिटीका अध्यक्ष दिलीपकुमार मण्डलले जानकारी दिए ।
कार्यक्रममा नेकपा केन्द्रीय सदस्य अशोक मण्डल, पत्रकार मनोहरकुमार पोखरेल, नेकपाका नेता निरन्जन झा, क्याम्पसका कर्मचारी रबीकुमार राय, बिद्यार्थीहरु दिलीपकुमार मण्डल, रिषी माझी, राजु मण्डल, कृष्णदेब मण्डल, उज्जवल साह, मुस्तकिम आलम, शशिभुषण सुमन, अंकति सिंह, एकबाल आलमलगायतकाले रक्तदान गरेका थिए ।
अनेरास्ववियु क्याम्पस इकाई कमिटीका अध्यक्ष सुनितकुमार झा र अनेरास्ववियु (क्रान्तिकारी) क्याम्पस इकाई कमिटीका अध्यक्ष दिलीपकुमार मण्डलले संयुक्त रुपमा अध्यक्षता गरेको श्रद्धाञ्जली सभामा नेकपाका केन्द्रीय सदस्य अशोक मण्डल, प्रदेश सभा सदस्य गोबिन्द न्यौपाने, क्याम्पस प्रमुख डा. सर्बेशचन्द्र मिश्र, पत्रकार मनोहर पोखरेलले लोकेन्द्र बुढाथोकीको जिवनीमाथि प्रकाश पार्दै श्रद्धाञ्जली व्यक्त गरे ।
बिद्यालष् जिवनदेखिनै अनेरास्ववियुमा संलग्न लोकेन्द्र २०४७ साल भदौ ४ गते अनेरास्ववियुको जिल्ला कमिटी सदस्य हुँदै सचिव र अधिवेशन आयोजक कमिटिका संयोजक बनेका थिए । राजविराजस्थित समाज कल्याण केन्द्र (बाल कल्याण गृह) मा वसी एसएलसीको पढाई पुरा गरेका वुढाथोकीको मविव क्याम्पस राजविराजमा विएल दोश्रो वर्षमा अध्ययनरत रहेकै बेला राजविराज ६ स्थित डेरामा रहस्यमय हत्या भएको थियो ।
पछिल्लो समय नवीन साप्ताहिकबाट पत्रकारिता सुरु गरेका वुढाथोकी दृष्टि साप्ताहिकका सप्तरी प्रतिनीधी तथा राजविराजबाट प्रकाशित सगरमाथा आवाज सप्ताहिकका सहसम्पादक थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ