News Category 2075/09/27
आँखा उपचार केन्द्रमा आठ सय ९९ जनाको शल्यक्रिया
दैनिक समाचारदाता
राजविराज, २७ पुुस ।
आँखा उपचार केन्द्र राजविराजमा दैनिक आँखा जाँचका लागि बिरामी आउनेको संख्यमा बृद्धि भएको छ । अहिले दैनिक १ सय ५० देखि २ हजार सम्म आँखा जाँचको लागि बिरामी आउने गरेका छन् ।
राजविराज नगरपालिका ९ मलेठमा रहेको सगरमाथा चौधरी आँखा लहान उप–शखा अन्र्तगत रहेको आँखा उपचार केन्द्रमा सन् २०१८ सम्ममा ८ सय ९९ जनाको सल्यक्रिया गरेको अस्पतालका कार्यालय प्रमुख रामकुमार झाले जानकारी दिएका छन् ।
सन् २०१८ को जनवरीदेखि डिसेम्बर सम्ममा करिब ३० हजार ५ सय ६७ जनाले आँखा जाँच गराएको तथा त्यसमध्ये २ हजार ७५८ जनामा मोतिया बिन्दु फेला परेको उनले बताए ।
दुई चिकित्सकसहित ९ जना कर्मचारी रहेको आँखा अस्पतालमा अहिले ८० प्रतिशत नेपाली र २० प्रतिशत छिमेकी मुलक भारतबाट आँखा उपचारको लागि यहाँ बिरामीहरु आउने गरेको उनले बताए ।
आँखा अस्पतालमा दृष्टिदोस, नानीमा लाग्ने रोग मोतिया बिन्दु र अन्य भिटामीन ‘ए’ को कमी, अन्धोपन, आँखामा चोटपटक लागेका बिरामी आउने गरेको तथा हप्ताको एक दिन शुक्रबार शल्यक्रिया समेत हुने गरेको छ ।
गत बर्षको तुलनामा यस बर्ष पनि आँखा उपचारमा बिरामीको संख्यामा बृद्धि हनुको साथै आँखा शल्यक्रियाको बिरामी बढेपछि यस अस्पताललाई अतिःआवश्यक तत्काल सुबिधा सम्पन्न ५० बैड(शैया)को आवश्यता रहेकोले सरकारी निकाय, स्थानिय तह तथा सरोकारबालालाई कार्यालय प्रमुखसहित स्थानियले माग गरेका छन ।
गत बर्ष पनि सन् २०१७ मा २६ हजार ४९६ जना बिरामीको आँखा उपचार गरिएको थियो भने ७ सय १३ जना बिरामीको शल्यक्रिया गरिएको थियो । उपचार गरेको मध्ये २ हजार ६ सय ८० जनामा मोतिया बिन्द फेला परेको कार्यालय प्रमुख झाले जनाए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ