News Category 2075/09/27
सामुदायिक बिद्यालय सरह संस्थागत बिद्यालयलाई पनि सेवा सुबिधा दिने ः सामाजिक मन्त्री साह
दैनिक समाचारदाता
राजविराज, २७ पुुस ।
प्रदेश २ का सामाजिक बिकास मन्त्री नवलकिशोर साहले सामुदायिक बिद्यालय सरह संस्थागत बिद्यालयलाई पनि सेवा सुबिधा दिने प्रतिबद्धता जनाएका छन् ।
प्याब्सन सप्तरीद्वारा शुक्रबार राजविराजमा आयोजित १४ औ साधारण सभामा बोल्दै मन्त्री साहले नीजि बिद्यालयले गुणस्तरिय शिक्षामा पु¥याएको योगदानलाई बिर्सन नसकिने भन्दै नीजि बिद्यालयलाई सक्दो सहयोग गर्ने बताए ।
संस्थागत बिद्यालयमा अहिले लाखौ बिद्यार्थीहरू अध्ययन अध्यापन गरिरहेकोले गुणस्तरिय शिक्षामा पु¥याएको योगदानलाई बिर्सन नसकिने उनको भनाई छ ।
मन्त्री साहले प्रदेश स्तरिय शिक्षा नीति ऐन ल्याउदाँ निजी बिद्यालयको हकहअधिकारलाई संस्थागत गर्न प्याब्सन लगायत अन्य शैक्षिक संस्थाहरूसँग सल्लाह गरी हातोमालो गरेर जाने प्रतिबद्धता व्यक्त गरे ।
सो अवसरमा प्याब्सनका केन्द्रीय सल्लाहकार टिकाराम पुरीले शिक्षाको गुणस्तरिय बढाउन नीजि क्षेत्रले खेलेको भुमिका ठुलो रहेकोले यसलाई थप प्रभावकारी बढाउनुपर्नेमा जोड दिए । उनले मुलुकमा ३० प्रतिशत नीजि विद्यालयले शिक्षा क्षेत्र ओगटेकाले सो बमोजिम सरकारले नीजि क्षेत्रलाई भेदभाव गरेको आरोप समेत लगाए ।
प्याब्सनका केन्द्रीय उपाध्यक्ष अनिल कुमार झाले सरकारले रोजगारमुखि शिक्षा तर्फ नयाँ मोडालिटि ल्याई रोजगारमुखी शिक्षामा लगानी गर्नुुपर्नेमा जोड दिए । उनले सामुदायिक बिद्यालय सरह नीजिलाई पनि प्राबिधिक शिक्षा लागु गराउन सरकारको बिभेद कायम राखेको आरोप लगाए ।
सो अवसरमा प्याब्सनका केन्द्रीय सल्लाहाकार डा.कमान्नद देबले तिनै तहले नीजि क्षेत्रमा २० लाख बिद्यार्थी, २ लाख शिक्षकलाई रोजगार दिन सफल भएको बताउदै उनले अनुशासित शिक्षा, गुणस्तरिय शिक्षा दिएका बिद्याथीहरू देश बिदेशमा मुलुकको नाम उच्च बनाएको जिकिर गरे ।
प्याब्सन सप्तरीका अध्यक्ष डा.पंचदेब यादबको अध्यक्षतामा आयोजित उद्घाटन सत्रमा प्याब्सन सप्तरीका बरिष्ठ सल्लाहाकार पुष्प सटौला, केन्द्रीय सचिव भिमसेन केसी, आरबी कटुवाल, केन्द्रीय सदस्य निर्जला कोईराला, प्रदेश २ का अध्यक्ष मुरारी साह, उपाध्यक्ष, रिमा झा, निर्वाचन समिति संयोजक बिजयान्नद झा, पुर्व केन्द्रीय सदस्य डा चिरन्जिबिलाल देबलगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए भने कार्यक्रम प्याबशनका जिल्ला सचिव संजय शर्माले संचालन गरेका थिए ।
सो जिल्ला अधिबेशनको शुक्रबारै सम्पन्न हुने बन्द सत्रवाट नयाँ कार्य समितिको चयन हुने प्याब्सन अध्यक्ष पंचदेब यादबले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/21 सप्तरीमा सेनासहित ७ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन
- 2082/10/21 कारागारमा प्रतिबन्धित लागुऔषध र मोबाइल फेला
- 2082/10/21 प्रधानमन्त्री कप छनौट प्रतियोगितामा घरेलु टोलीको विजयी सुरुवात
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ