News Category 2075/09/27
सामुदायिक बिद्यालय सरह संस्थागत बिद्यालयलाई पनि सेवा सुबिधा दिने ः सामाजिक मन्त्री साह

दैनिक समाचारदाता
राजविराज, २७ पुुस ।
प्रदेश २ का सामाजिक बिकास मन्त्री नवलकिशोर साहले सामुदायिक बिद्यालय सरह संस्थागत बिद्यालयलाई पनि सेवा सुबिधा दिने प्रतिबद्धता जनाएका छन् ।
प्याब्सन सप्तरीद्वारा शुक्रबार राजविराजमा आयोजित १४ औ साधारण सभामा बोल्दै मन्त्री साहले नीजि बिद्यालयले गुणस्तरिय शिक्षामा पु¥याएको योगदानलाई बिर्सन नसकिने भन्दै नीजि बिद्यालयलाई सक्दो सहयोग गर्ने बताए ।
संस्थागत बिद्यालयमा अहिले लाखौ बिद्यार्थीहरू अध्ययन अध्यापन गरिरहेकोले गुणस्तरिय शिक्षामा पु¥याएको योगदानलाई बिर्सन नसकिने उनको भनाई छ ।
मन्त्री साहले प्रदेश स्तरिय शिक्षा नीति ऐन ल्याउदाँ निजी बिद्यालयको हकहअधिकारलाई संस्थागत गर्न प्याब्सन लगायत अन्य शैक्षिक संस्थाहरूसँग सल्लाह गरी हातोमालो गरेर जाने प्रतिबद्धता व्यक्त गरे ।
सो अवसरमा प्याब्सनका केन्द्रीय सल्लाहकार टिकाराम पुरीले शिक्षाको गुणस्तरिय बढाउन नीजि क्षेत्रले खेलेको भुमिका ठुलो रहेकोले यसलाई थप प्रभावकारी बढाउनुपर्नेमा जोड दिए । उनले मुलुकमा ३० प्रतिशत नीजि विद्यालयले शिक्षा क्षेत्र ओगटेकाले सो बमोजिम सरकारले नीजि क्षेत्रलाई भेदभाव गरेको आरोप समेत लगाए ।
प्याब्सनका केन्द्रीय उपाध्यक्ष अनिल कुमार झाले सरकारले रोजगारमुखि शिक्षा तर्फ नयाँ मोडालिटि ल्याई रोजगारमुखी शिक्षामा लगानी गर्नुुपर्नेमा जोड दिए । उनले सामुदायिक बिद्यालय सरह नीजिलाई पनि प्राबिधिक शिक्षा लागु गराउन सरकारको बिभेद कायम राखेको आरोप लगाए ।
सो अवसरमा प्याब्सनका केन्द्रीय सल्लाहाकार डा.कमान्नद देबले तिनै तहले नीजि क्षेत्रमा २० लाख बिद्यार्थी, २ लाख शिक्षकलाई रोजगार दिन सफल भएको बताउदै उनले अनुशासित शिक्षा, गुणस्तरिय शिक्षा दिएका बिद्याथीहरू देश बिदेशमा मुलुकको नाम उच्च बनाएको जिकिर गरे ।
प्याब्सन सप्तरीका अध्यक्ष डा.पंचदेब यादबको अध्यक्षतामा आयोजित उद्घाटन सत्रमा प्याब्सन सप्तरीका बरिष्ठ सल्लाहाकार पुष्प सटौला, केन्द्रीय सचिव भिमसेन केसी, आरबी कटुवाल, केन्द्रीय सदस्य निर्जला कोईराला, प्रदेश २ का अध्यक्ष मुरारी साह, उपाध्यक्ष, रिमा झा, निर्वाचन समिति संयोजक बिजयान्नद झा, पुर्व केन्द्रीय सदस्य डा चिरन्जिबिलाल देबलगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए भने कार्यक्रम प्याबशनका जिल्ला सचिव संजय शर्माले संचालन गरेका थिए ।
सो जिल्ला अधिबेशनको शुक्रबारै सम्पन्न हुने बन्द सत्रवाट नयाँ कार्य समितिको चयन हुने प्याब्सन अध्यक्ष पंचदेब यादबले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/24 रुपनीमा आगलागि हुँदा ५० लाखको क्षति, एक जना घाइते
- 2082/06/24 राजविराज बसपार्क संचालन प्रक्रिया अघि बढ्यो
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ