News Category 2075/09/27
सहकारीको पँुजी उत्पादनमूलक क्षेत्रमा लगाउन सहकारी मन्त्री साहको आग्रह

दैनिक समाचारदाता
राजविराज, २७ पुुस ।
प्रदेश नं. २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले सहकारी क्षेत्रको पँुजीलाई उत्पादनमूलक क्षेत्रमा लगाउन आग्रह गरेका छन् ।
ग्लोबल बहुमुखी सहकारी संस्था लि. को शुक्रवार १८ औं वािर्षक साधारण सभाको उद्घाटन गर्दै उनले उत्पादनमूलक क्षेत्रमा पुँजी लगाई उत्पादनलाई बृद्धि गरी प्रदेशलाई आत्मनिर्भर र समृद्ध बनाउनुपर्नेमा जोड समेत दिए ।
प्रदेशको समृद्धको आधार कृषि नै भएको भन्दै मन्त्री साहले उत्पादन वृद्धिका लागि सरकार, नीजि क्षेत्र र सहकारी संस्था मिलेर अघि बढनुपर्नेमा जोड दिए । सहकारी मार्फत उत्पादन वृद्धि गरेर प्रदेशलाई आत्मनिर्भर बनाउने दिसामा प्रदेश सरकार अघि बढेको उनले बताए ।
मन्त्री साहले प्रदेशसभामा टेवुल भइ सकेको सहकारी ऐन छिटै पारित भई कृषि क्षेत्रमा क्रान्ति नै ल्याउने दावी समेत गरे ।
२९ जना सदस्यको १ लाख ३५ हजार शेयर पुँजीबाट सुरु भएको ग्लोबल अहिले ८० करोडको कारोवार र झण्डै ४० हजार महिलालाई जोडन सफल भएकोमा बधाई दिदै उनले प्रदेशको आर्थिक र सामाजिक समृद्धिका लागि ग्लोबलले ल्याउने योजनामा प्रदेश सरकार हातमा हात मिलाएर काम गर्ने र सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।
यसैबीच सहकारीको माध्यमबाट आर्थिक उत्थान र समाज रुपान्तरण गर्ने उदेश्यले १८ वर्ष अघि स्थापना भएको ग्लोबल बहुमुखी सहकारी संस्था लि.ले १९ औं वर्षमा प्रवेश गरेको अवसरमा १८औं वार्षिक साधारण सभाको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेको छ ।
यस अवसरमा नगरमा बाजा गाजासहितको झाँकी, गरिब असहायलाई लत्ता कपडा वितरण तथा विभिन्न क्षेत्रमा योगदान पु¥याउने ५५ जनालाई सम्मान गरेको छ । सम्मानित हुनेहरुमा पत्रकार, चिकित्सक, कलाकार, साहित्यकार, कृषक, खेलाडी र प्रशिक्षकदेखि समाजसेवीसम्म छन् ।
संस्थाले पत्रकारिता क्षेत्रतर्फ जितेन्द्र झा जितु र नवीन गुप्ता, खेलाडीतर्फ मनोज कुमार यादव, पूर्व प्रशिक्षकतर्फ कबडीका अन्तर्राष्ट्रिय खेलाडी समेत रहेका श्रीनारायण लाल देव, चिकित्सा र समाजसेवा तर्फ डा. टेकनारायण मण्डल र कुशल प्रशासकतर्फ प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई सम्मान गरेको छ ।
यस्तै सहकारी तर्फ राष्ट्रिय सहकारी बैंकका सञ्चालक समितिका नवनिर्वाचित अध्यक्ष केबी उप्रेती र संचालक सदस्य विश्वनाथ मण्डल, बिमा कम्पनीतर्फ सूर्या लाइफ इन्स्योरेन्स कम्पनि लि.कि सुमना न्यौपाने, साहित्य संस्कृति तर्फ श्यामसुन्दर यादव, गैससतर्फ शम्भुनन्द चौधरी र ध्रव देव, नृत्य तथा कलातर्फ डोली सरकार, उत्कृष्ट कर्मचारीतर्फ पुरुषोत्तम यादव र रमला पोखरेल लगायत ५५ जनालाई सम्मान गरेको छ ।
सबैलाई साधारणसभाका प्रमुख अतिथि प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले सम्मान पत्र, चाँदीको मेडल र दोसल्ला ओढाएर सम्मान गरे ।
साधारणसभामा संस्थाका अध्यक्ष भोला रमण उप्रेतीले अध्यक्षीय प्रतिवेदन पेश गर्दै सबै सदस्यहरुको सक्रिय सहयोग र सक्रियताका कारण सोचेभन्दा बढी सफलता मिल्दै गएको बताउँदै २०५७ सालमा २९ जना सदस्यको १ लाख ४५ हजार रुपैया शेयर पुँजीबाट शुरु गरिएको संस्थामा अहिले ३९ हजार ९ सय ५० सदस्य भई ८० करोडको कारोबार गर्न भ्याएको बताए ।
कार्यक्रममा राष्ट्रिय सहकारी बैंक संचालक समितिका अध्यक्ष केबी उपे्रती, संचालक सदस्य विश्वनाथ मण्डल, गैसस महासंघका अध्यक्ष शम्भुनन्द चौधरी, नागरिक समाजका अध्यक्ष थानसिंह भन्सालीका लगायतले पनि शुभकामना दिएका थिए । स्थानीय शिव शंकर चलचित्र मन्दिरको हलमा सुरु भएको साधारण सभाको शुक्रबारै सम्पन्न बन्द सत्रले अगामी कार्यकालका लागि अध्यक्ष पदमा संस्थापक अध्यक्ष सुखराम यादवलाई सर्वसम्मतले चयन गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/02/04 दुई किशोर वेपत्ता
- 2082/02/04 कैद सजाय तोकिएका तीन जना फरार अभियुक्त पक्राउ
- 2082/02/04 प्रजातन्त्र सेनानी लालदेवको निधन
- 2082/02/02 अनुमति नलिई संचालनमा रहेका थप पाँच विद्यालय फेला
- 2082/02/02 न्याय खोज्दा निर्घात कुटपीट गरिएको आरोप
- 2082/02/01 राजनीतिक स्थिरताका लागि वर्तमान सरकार ः गृहमन्त्री लेखक
- 2082/02/01 नाबालिका बलात्कार गरेको आरोपमा नाबालक पक्राउ
- 2082/02/01 दुध बिक्रि गरे वापतको भुक्तानी नपाएको भन्दै पहल गरिदिन प्रजिअलाई आग्रह
- 2082/02/01 डाक्नेश्वरीका प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाबिरुद्ध विशेष अदालतमा आरोप पत्र दायर
- 2082/02/01 ट्याक्टर पल्टिदा चालकको मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ