News Category 2075/10/01
बिरेन्द्र बजार–राजविराज जोड्ने सडकको शिलान्यास
दैनिक समाचारदाता
राजबिराज, ३० पुस ।
भारतीय सीमा सम्म जोड्ने बैकल्पिक मार्ग निर्माण हुने भएको छ । सप्तरीको विकासमा प्रत्यक्ष प्रभाव पार्ने रुपनी गाउँपालिका ६ स्थित विरेन्द्र बजार, तेरहौता–राजविराज हुदै फैकरा र भारतीय सीमावर्ती क्षेत्रसम्म सडक मार्ग निर्माण हुने भएको हो ।
नेपाली काँग्रेस सप्तरीका सभापति दिनेश कुमार यादव तथा प्रदेश सभा सदस्य मो. समिमले संयुक्त रुपमा उक्त सडक निर्माणको सोमबार शिलान्यास गरेका छन् ।
उक्त सडक निर्माणका लागि बज्रगुरु–विकास जे.भी. लहानले जिम्मा लिएको छ । २०७७ साल मंसिर ३० गते भित्र नाला र सडक निर्माण सम्पन्न हुने गरी लिइएको कार्यको लागत ११ करोड ३२ लाख ५० हजार (मुल्य अभिवृद्घि कर सहित) रहेको छ ।
पहिलो चरणमा ८५ सय मिटर लम्बाई र ६ मिटर चौडाईको सडक निर्माण कार्य गर्ने ठेक्का पाएको निर्माण कम्पनीका प्रोपराईटर मनटुुन साहले जानकारी दिए । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सहयोगमा डिभिजन सडक कार्यालय लहानको रेखदेखमा सो सडक निर्माणको कार्य थालिएको प्रोपराईटर साहले जानकारी दिए ।
सडक निर्माण भएपछि सदरमुकाम राजविराजबाट १० कि.मि. टाढा रहेको राजमार्गसँगको दुरी घटेर ६ कि.मि.मा पुग्ने छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ