News Category 2075/10/01
थारुको पहिचान र संस्कृतीको संरक्षणका लागि प्रदेश सरकारले सहयोग गर्ने ः मुख्यमन्त्री राउत
चन्दन यादव
राजविराज, १ माघ ।
प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले थारूहरूको भाषा, संस्कृती, पहिचानलाई स–सम्मानका लागि अझ संघर्ष गर्नुपर्ने बताएका छन् । थारु समुदायले राजनीतिक परिवर्तनका लागि गरेको योगदानप्रति प्रदेश सरकारले उच्च मुल्याङ्कन गर्ने समेत बताए ।
थारू कल्याणकारी सभा सप्तरीद्वारा मंगलबार जिल्लाको सुरुङ्गा नगरपालिकास्थित कुशहामा éस्आयोजित माघी महोत्सवलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले भाषा, संस्कृति र पहिचानका लागि थारू समुदायले मुलुकमा अधिकारका लागि अझ संघर्षरत रहनुपर्ने बताएका हुन् ।
प्रदेश २ मा थारुहरुको जनसंख्याको आधारमा आरक्षण पाउने भन्दै उनले थारुको पहिचान र संस्कृतीको संरक्षणका लागि प्रदेश सरकार हदैसम्म सहयोग गर्ने विश्वास समेत दिलाए ।
“बेटी बचाऊ, बेटी पढाऔ”ं अभियान ल्याएको स्मरण गराउँदै मुख्यमन्त्री राउतले आउँदो आर्थिक वर्षदेखी जन्म हुने प्रत्येक छोरीका लागि ५ लाखको बीमा गर्ने प्रतिबद्धता जनाए । उनले भने, “मुलुकलाई भ्रष्टचार मुक्त बनाउन सबैले सुशासनको पालना गरे मात्र प्रदेश समृद्धीतर्फ उन्मूख हुनेछ ।”

सो अवसरमा प्रतिनिधि सभा सदस्य तेजुलाल चौधरीले प्रदेश २ मा थारूको जनसंख्याको बाहुल्यता भएपनि थारूलाई प्रदेश सरकारमा सम्मानजन मन्त्री पद समेत नदिनु थारूप्रति विभेद गरेको आरोप लगाए । उनले प्रदेश २ को स्थानिय निकायमा व्यापक भ्रष्टाचार भईरहे पनि स्थानिय सरकार मौन रहेको भन्दै यसलाई नियन्त्रण गर्न मुख्यमन्त्रीलाई आग्रह समेत गरे ।
सासंद चौधरीले प्रदेश २ लाई भ्रष्टाचार मुक्त प्रदेश र रक्सी बिक्री बितरण मुक्त घोषणा गर्नुपर्ने मुख्यमन्त्री राउत समक्ष माँग गरे ।
सो अवसरमा थारू कल्याणकारी सभाका केन्द्रीय सदस्य दिलकुमारी चौधरीले मैथिली, भोजपुरी भाषा सरह सरकारी कामकाजको भाषामा थारू भाषालाई पनि समाबेश गरी थारू भाषा संस्कृतिकको संरक्षण गर्नेपर्नेमा माँग गरिन् ।

थारू कल्याणकारी सभा सप्तरीका अध्यक्ष शिवनारायण चौधरीको अध्यक्षतामा आयोजित महोत्सवमा प्रदेश सांसद गोबिन्द न्याौपाने, रूबी कर्ण, सुरूङ्गा नगरपालिका प्रमुख मुक्तीनाथ चौधरी, बलान बिहुल गाँउपालिका अध्यक्ष दयानन्द गोईत, लहान नगरपालिका उपप्रमुख सरियार चौधरी, अग्नीसाईरकृष्णा संवरण गाँउपालिका अध्यक्ष परशुराम चौधरी, उपाध्यक्ष मिना चौधरी, थारू कल्याणकारी सभाका केन्द्रीय सदस्य बिरेन्द्र चौधरी, जयराम पंजियार, पुर्व केन्द्रीय सदस्य रामबति चौधरी, थारू भाषा साहित्य केन्द्रका भुलाई चौधरी, सुरूङ्गा ४ का अध्यक्ष देबेन्द्र प्रसाद चौधरीलगायतले थारूको हकअधिकारको ग्यारेन्टी सँगै उनीहरूको समस्या वारेमा मुख्यमन्त्रिलाई ध्यानआकर्षण गराएका थिए ।

यसअघि “अपन भाषा, अपन संस्कृतिक पहिचान” को मूल नाराका साथ थारू समुदायले पहिचान झल्काउने, संस्कृतिकको जगेर्ना गर्ने उद्देश्यले बिभिन्न कार्यक्रम गरी माघी महोत्सव मनाएको छ । माघी संक्रान्तीको अवसरमा सूरूङा ५ स्थित कुशहामा थारू पहिरन, विभिन्न ठाँउवाट आएका झाँकी प्रदर्शन, थारू संस्कृति प्रदर्शन, विभिन्न सांस्कृतिक कार्यक्रम तथा थारू संस्कृतिक झल्किने खालको स्टलहरू प्रदर्शन गरिएको थियो ।
सो अवसरमा मुख्यमन्त्रि राउतलाई सुरूङ्गा नगरपालिका प्रमुख मुक्तीनाथ चौधरीले थारूको पहिरन झल्किने पगडी र बुद्धको मुर्ती मायोको चिनोवाट सम्मान गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सोमबार कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ