News Category 2075/10/01
थारुको पहिचान र संस्कृतीको संरक्षणका लागि प्रदेश सरकारले सहयोग गर्ने ः मुख्यमन्त्री राउत
चन्दन यादव
राजविराज, १ माघ ।
प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले थारूहरूको भाषा, संस्कृती, पहिचानलाई स–सम्मानका लागि अझ संघर्ष गर्नुपर्ने बताएका छन् । थारु समुदायले राजनीतिक परिवर्तनका लागि गरेको योगदानप्रति प्रदेश सरकारले उच्च मुल्याङ्कन गर्ने समेत बताए ।
थारू कल्याणकारी सभा सप्तरीद्वारा मंगलबार जिल्लाको सुरुङ्गा नगरपालिकास्थित कुशहामा éस्आयोजित माघी महोत्सवलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले भाषा, संस्कृति र पहिचानका लागि थारू समुदायले मुलुकमा अधिकारका लागि अझ संघर्षरत रहनुपर्ने बताएका हुन् ।
प्रदेश २ मा थारुहरुको जनसंख्याको आधारमा आरक्षण पाउने भन्दै उनले थारुको पहिचान र संस्कृतीको संरक्षणका लागि प्रदेश सरकार हदैसम्म सहयोग गर्ने विश्वास समेत दिलाए ।
“बेटी बचाऊ, बेटी पढाऔ”ं अभियान ल्याएको स्मरण गराउँदै मुख्यमन्त्री राउतले आउँदो आर्थिक वर्षदेखी जन्म हुने प्रत्येक छोरीका लागि ५ लाखको बीमा गर्ने प्रतिबद्धता जनाए । उनले भने, “मुलुकलाई भ्रष्टचार मुक्त बनाउन सबैले सुशासनको पालना गरे मात्र प्रदेश समृद्धीतर्फ उन्मूख हुनेछ ।”

सो अवसरमा प्रतिनिधि सभा सदस्य तेजुलाल चौधरीले प्रदेश २ मा थारूको जनसंख्याको बाहुल्यता भएपनि थारूलाई प्रदेश सरकारमा सम्मानजन मन्त्री पद समेत नदिनु थारूप्रति विभेद गरेको आरोप लगाए । उनले प्रदेश २ को स्थानिय निकायमा व्यापक भ्रष्टाचार भईरहे पनि स्थानिय सरकार मौन रहेको भन्दै यसलाई नियन्त्रण गर्न मुख्यमन्त्रीलाई आग्रह समेत गरे ।
सासंद चौधरीले प्रदेश २ लाई भ्रष्टाचार मुक्त प्रदेश र रक्सी बिक्री बितरण मुक्त घोषणा गर्नुपर्ने मुख्यमन्त्री राउत समक्ष माँग गरे ।
सो अवसरमा थारू कल्याणकारी सभाका केन्द्रीय सदस्य दिलकुमारी चौधरीले मैथिली, भोजपुरी भाषा सरह सरकारी कामकाजको भाषामा थारू भाषालाई पनि समाबेश गरी थारू भाषा संस्कृतिकको संरक्षण गर्नेपर्नेमा माँग गरिन् ।

थारू कल्याणकारी सभा सप्तरीका अध्यक्ष शिवनारायण चौधरीको अध्यक्षतामा आयोजित महोत्सवमा प्रदेश सांसद गोबिन्द न्याौपाने, रूबी कर्ण, सुरूङ्गा नगरपालिका प्रमुख मुक्तीनाथ चौधरी, बलान बिहुल गाँउपालिका अध्यक्ष दयानन्द गोईत, लहान नगरपालिका उपप्रमुख सरियार चौधरी, अग्नीसाईरकृष्णा संवरण गाँउपालिका अध्यक्ष परशुराम चौधरी, उपाध्यक्ष मिना चौधरी, थारू कल्याणकारी सभाका केन्द्रीय सदस्य बिरेन्द्र चौधरी, जयराम पंजियार, पुर्व केन्द्रीय सदस्य रामबति चौधरी, थारू भाषा साहित्य केन्द्रका भुलाई चौधरी, सुरूङ्गा ४ का अध्यक्ष देबेन्द्र प्रसाद चौधरीलगायतले थारूको हकअधिकारको ग्यारेन्टी सँगै उनीहरूको समस्या वारेमा मुख्यमन्त्रिलाई ध्यानआकर्षण गराएका थिए ।

यसअघि “अपन भाषा, अपन संस्कृतिक पहिचान” को मूल नाराका साथ थारू समुदायले पहिचान झल्काउने, संस्कृतिकको जगेर्ना गर्ने उद्देश्यले बिभिन्न कार्यक्रम गरी माघी महोत्सव मनाएको छ । माघी संक्रान्तीको अवसरमा सूरूङा ५ स्थित कुशहामा थारू पहिरन, विभिन्न ठाँउवाट आएका झाँकी प्रदर्शन, थारू संस्कृति प्रदर्शन, विभिन्न सांस्कृतिक कार्यक्रम तथा थारू संस्कृतिक झल्किने खालको स्टलहरू प्रदर्शन गरिएको थियो ।
सो अवसरमा मुख्यमन्त्रि राउतलाई सुरूङ्गा नगरपालिका प्रमुख मुक्तीनाथ चौधरीले थारूको पहिरन झल्किने पगडी र बुद्धको मुर्ती मायोको चिनोवाट सम्मान गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ