News Category 2075/10/04
बलानबिहुलको वडा नं. ४ पूर्ण विद्युत युक्त वडा घोषणा
दैनिक समाचारदाता
राजविराज, ४ माघ ।
सप्तरीको कान्छो स्थानिय तह बलानबिहुल गाउँपालिका पूर्ण बिुद्युतीकरणतर्फ उन्मूख हुँदैछ । विगतमा विद्युत नभएको गाउँमा अहिले स्थानिय जनप्रतिनिधिको प्रयासबाट विद्युतीकरण हुने कार्य धमाधम भइरहेकोले स्थानिय खुशी देखिएका छन् ।
यसैबीच सो गाउँपालिका वडा नं. ४ बेल्हीमा शुक्रबार पूर्ण विद्युत युक्त वडा घोषणा भएको छ । यो सँगै गाउँपालिकामा रहेको ६ वडा मध्ये वडा नं. १, ३ र ४ पूर्ण विद्युत युक्त वडा घोषणा भएको छ ।
गाउँपालिका अध्यक्ष दयानन्द गोइत र वडा अध्यक्ष मो. हन्सु मियाँ आलमले संयुक्त रुपमा रिबन काटेर वडा विद्युत युक्त भएको घोषणा गरेका छन् ।
सो वडामा पर्ने पाँच टोलमा ३ वटा १ सय केभीको ट्रान्सफर्मर जडान पश्चात् विद्युतीकरण सम्पन्न भएको गाउँपालिका अध्यक्ष गोइतले जानकारी दिए ।
यसअघि बुधबार मात्र वडा नं. ३ लाई पूर्ण बिजुली युक्त वडा घोषणा गरिएको थियो । यस्तै वडा नं. २ का ७० प्रतिशत घरमा बिजुली बलिरहेको जानकारी दिँदै अध्यक्ष गोइतले सो वडामा १० वटा बिजुलीका पोलहरु जडान गर्न केही आन्तरिक कलह रहेको तथा सो कलह हट्ने बित्तिकै बाँकी ३० प्रतिशत घरमा पनि बिजुली बल्ने बताए ।
त्यस्तै वडा नं. ५ र ६ मा गाउँपालिकाले पोल र बिद्युत तार लगाउने कार्य सम्पन्न गरेपनि सो वडाहरुमा एडिबि प्रोजेक्ट चलिरहेको तथा ११ हजार भोल्टको तार नआएको कारणले गर्दा बिजुली बल्न नसकेको बताए । उनले एडिबीले ११ हजार भोल्टको तार लगाउने बित्तिकै दुबै वडामा बिजुली बल्ने उल्लेख गरे ।
गाउँपालिकाले गत आ.ब.मा गाउँपालिकाको ६ वटै वडामा बिजुलीकरणका लागि ३ करोड २१ रकम छुट्याएको अध्यक्ष गोइतले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सोमबार कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ