News Category 2075/10/16
उखु खेतमा आगलागी, तीन लाख बराबरको क्षति
दैनिक समाचारदाता
राजविराज, १५ माघ ।
सप्तरीको हनुमानगर कंकालनी नगरपालिका वडा नं. १ स्थित भारदहमा लगाइएको उखु खेतमा मंगलबार दिउँसो आगलागी हुदा तीन लाख मुल्य बराबरको क्षति भएको छ ।
सोही नगरपालिका वडा नं. २ बस्ने इन्द्रेव लौगीले करिब दश कठ्ठामा लगाइएको उखु खेतमा अचानक आगलागी हुदा पुर्णरुपमा उखु जलेर नष्ट भएको स्थानियले जनाएका छन् ।
सो आगलागीबाट करिब ३ क्विन्टल भन्दा बढीको उखु जलेर नष्ट भएको प्रहरीले अनुमान गरेको छ ।
त्यस्तै उखुमा आगो लागेर देखपछि स्थानिय कृष्ण खडगाले निभाउन खोज्दा उनी घाइते भएका छन् । घाइते ३५ बर्षीय खड्गाको जिउँमा आगोले पोलेपछि भारदहस्थित भारदह अस्पतालमा उपचारको लागि भर्ना गरिएको स्थानिय इन्द्रनारायण राउतले जानकारी दिए ।
उखु खेतमा लागेको आगोलाई स्थानियबासी, प्रहरी र हनुमाननगर कंकालनी नगरपालिकाबाट आएको बरुणयन्त्रले निभएको थियो ।
आगलागीको कारण भने खुल्न नसकेको र घटनाबारे अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय भारदहले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सोमबार कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ