News Category 2075/10/16
उखु खेतमा आगलागी, तीन लाख बराबरको क्षति
दैनिक समाचारदाता
राजविराज, १५ माघ ।
सप्तरीको हनुमानगर कंकालनी नगरपालिका वडा नं. १ स्थित भारदहमा लगाइएको उखु खेतमा मंगलबार दिउँसो आगलागी हुदा तीन लाख मुल्य बराबरको क्षति भएको छ ।
सोही नगरपालिका वडा नं. २ बस्ने इन्द्रेव लौगीले करिब दश कठ्ठामा लगाइएको उखु खेतमा अचानक आगलागी हुदा पुर्णरुपमा उखु जलेर नष्ट भएको स्थानियले जनाएका छन् ।
सो आगलागीबाट करिब ३ क्विन्टल भन्दा बढीको उखु जलेर नष्ट भएको प्रहरीले अनुमान गरेको छ ।
त्यस्तै उखुमा आगो लागेर देखपछि स्थानिय कृष्ण खडगाले निभाउन खोज्दा उनी घाइते भएका छन् । घाइते ३५ बर्षीय खड्गाको जिउँमा आगोले पोलेपछि भारदहस्थित भारदह अस्पतालमा उपचारको लागि भर्ना गरिएको स्थानिय इन्द्रनारायण राउतले जानकारी दिए ।
उखु खेतमा लागेको आगोलाई स्थानियबासी, प्रहरी र हनुमाननगर कंकालनी नगरपालिकाबाट आएको बरुणयन्त्रले निभएको थियो ।
आगलागीको कारण भने खुल्न नसकेको र घटनाबारे अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय भारदहले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/11 “लेखनाथ आदर्श पुस्तकालय” को हल निर्माणका लागि प्रक्रिया सुरु
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ