News Category 2075/10/16
चार वर्ष बढीको कैद भुक्तानपछि नेकपा प्रदेश सदस्य अरुण साह रिहा
दैनिक समाचारदाता
राजविराज, १५ माघ ।
माओवादी द्वन्द्वकालमा जबरजस्ती रकम चोरी गरेको अभियोगमा विगत ३२ महिनादेखी राजविराज कारागारमा रहेका नेकपाका प्रदेश सदस्य अरुण साह अनिल मंगलबार रिहा भएका छन् ।
बि.स. २०७३ साल जेष्ठ २३ सो अभियोगमा नयाँ शक्ति पार्टी नेपाल सप्तरीका संयोजक रहेका साहलाई जिल्ला अदालत सप्तरीको आदेशमा कैद भुक्तानका लागि राजविराज कारागार पठाइएको थियो ।
सप्तरीको रुपनी गाविसस्थित स्वाबलम्बन बैंकको रकम चोरीको अभियोगमा ४ वर्ष डेढ महिना कैद र ४९ हजार रकमको जरिवाना तोकिए बमोजिम साहलाई कारागार चलान गरिएको थियो । कारागारमै रहेका बेला साहले नयाँ शक्ति पार्टी परित्याग गरेका थिए र हाल उनी नेकपा प्रदेश २ का सदस्य रहेका छन् ।
यता नेकपाका प्रदेश सदस्य छेदी रजक बिमलले अरुण साहमाथीको द्वन्द्वकालिन मुद्दा फैसला भइसकेको अवस्था पनि राजनीतिक प्रतिशोधका लागि पुनः झुठा मुद्दा लगाएर कारागार चलान गरिएको आरोप लगाए ।
सरकारले २०७५ भदौं १ गतेदेखी ३ सय रुँपैया बराबर एक दिन कैद भुक्तान हुने नयाँ कानुन ल्याएपछि अदालतमा सोही अनुसार रिट दायर गरेपछि साह रिहा भएको उनले जानकारी दिए ।
भदौं १ गते अघि रु. २५ को दरले २ वर्ष २ महिना साहले कैद भुक्तान गरिसकेको तथा बाँकी दिन नयाँ कानुन अनुसार रु. ३ सय को दरले कैद भुक्तान भइसकेको उनको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सोमबार कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ