News Category 2075/10/17
आत्मरक्षाका लागी प्रशिक्षणमा सहभागि चार सय छात्रालाई पोशाक बितरण
दैनिक समाचारदाता
राजविराज, १६ माघ ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा संचालन भईरहेको लैङ्गिक हिंसा विरुद्घ छात्राहरुलाई आत्मरक्षा सम्बन्धी १० महिने प्रशिक्षण कार्यक्रमका चार सय सहभागी छात्राले अभ्यास पोशाक (गि) प्राप्त गरेका छन् ।
हनुमाननगर कंकालिनी नगरपालिका र डिएसके फाउन्डेशनको सहयोग तथा जनविकास श्रोत केन्द्र जनकपुरको आयोजनामा स्थानिय रोयल सेकेन्ड्री स्कुलको खेलमैदानमा बुधबार आयोजित कार्यक्रममा सो पोशाक बितरण गरिएको हो ।
प्रमुख अतिथि प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले प्रशिक्षणमा सहभागी नगरपालिका क्षेत्रका १० विद्यालयका ४ सय बालिकाहरुलाई खेलकुद पोशाक (गि) वितरण गरेका हुन ।
कार्यक्रमको उद्घाटन गर्दै मन्त्री साहले छोरीलाई शिक्षा र खेलकुदमा सहभागीता बढाउने तथा आत्मरक्षाका लागी समेत सक्षम बनाउने उद्देश्यले १० महिने प्रशिक्षण कार्यक्रम थालिएको भन्दै यसमा सवै अभिभावकको साथ र सहयोग आवश्यक रहेको बताए । यस्ता कार्यक्रम प्रदेशका सवै ८ वटै जिल्लामा संचालन हुने उनको भनाई छ ।
विजय यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा उपप्रमुख सरिता देवी यादव पत्रकार महासंघ सप्तरीका अध्यक्ष जितेन्द्र खड्गा, रोयल सेकेन्ड्री स्कुलका संस्थापक देवनाथ यादव लगायतले शुभकामना दिएका थिए ।
उनीहरुलाई कराते संघ प्रदेश २ का अध्यक्ष बैद्यनाथ यादवको नेतृत्वको ४ सदस्यीय प्रशिक्षकको टोलीले गत साउन देखि आत्मरक्षाका लागी कराते प्रशिक्षण दिई रहेका छन् । प्रशिक्षण आगामी जेठ महिना सम्म चल्ने छ ।
मन्त्री साहले छोरा स्व. डा. संजय कुमार साहको स्मृति एवम सम्मानमा डिएसके फाउन्डेशनको स्थापना गरेका हुन् । सोही फाउन्डेशनले प्रशिक्षणमा सहभागी छोरीहरुलाई लागि डे«सको व्यवस्था मिलाई दिएको हो भने हनुमाननगर कंकालिनी नगरपालिकाले प्रशिक्षण, प्रशिक्षक तथा अन्य खर्चको व्यवस्थापन गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सोमबार कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ