News Category 2075/10/17
अज्ञात सहिद साकेतको शालिकमा दिप प्रज्जवलन, दिलिपलाई सम्झिएन
दैनिक समाचारदाता
राजविराज, १६ माघ ।
सहिद दिवसको अवसरमा बुधबार साँझ सहिद साकेत चन्द्र मिश्रको शालिकमा मैनवत्ति प्रज्वल गरिएको छ । यद्दपी सरकारीस्तरबाट साकेतलाई अझै सहिद घोषणा गर्न सकेको छैन् ।
सहिद साकेत पार्कमा अवस्थित साकेत चन्द्र मिश्रको शालिकमा नेपाली काँग्रेस सप्तरीका सचिव रामकुमार यादव, पार्क संरक्षण समितिका संयोजक सोमेशचन्द्र मिश्र, काँग्रसका नेता अजित मिश्र, काँग्रसका युवा नेता शब्बिर आजमलगायतले फुलमाला अबिर लगाएर श्रद्धाञ्जली व्यक्त गर्दै मैनवत्ति प्रज्वलन गरेका थिए ।
२०४२ सालको राजदरबार बम काण्डमा तत्कालिन राज्यबाट वेपत्ता पारिएका साकेतको हालसम्म पनि अवस्था अज्ञातै रहेको छ । यता साकेतसँगै दरबार बम काण्डमा शहिद भएका धनुषाका दुर्गानन्द झालाई राज्यले सहिद घोषणा गरिसकेको अवस्थामा साकेतलाई सहिद घोषणा गर्न नसक्नुमा राज्यको गम्भिर त्रृटी भएको काँग्रेस जिल्ला सचिव यादवले आरोप लगाए ।
यस्तै सप्तरीका अर्का सहिद दिलिप चौधरीलाई सहिद दिवसको दिनमा सम्झिएको छैन् । उनी पनि सरकारी सहिदको सूचीमा पर्न सकेका छैनन् । सहिद घोषणा भएका जनकपुरमा दुर्गानन्द झा र सहिद घोषणा हुन बाँकी रहेको सप्तरीका साकेत र दिलिपसँग सँगै तत्कालिन राजदरबार बिरोधी आन्दोलनमा सक्रिय थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ