News Category 2075/10/17
मालपोत कार्यालय राजविराजमा अनलाइन प्रणाली सुरु हुँदै
दैनिक समाचारदाता
राजविराज, १६ माघ ।
भुमिसुधार तथा तथा मालपोत कार्यालय राजविराजले शुक्रबारदेखी अनलाइन प्रणाली सुरु गर्ने भएको छ ।
मालपोत कार्यालयका प्रमुख सिकेन्द्र प्रसादले नेपालका ५० मालोपोत कार्यालयमा अनलाइन प्रणाली लागु भइसकेको जानकारी दिँदै सप्तरीको राजविराज मालपोत कार्यालयमा अनलाइन प्रणाली लागु भएपछि जनताले सजिलैसँगै काम गर्न गराउने सक्ने बताए ।
अहिले हुने गरेको कामकाज अलि जटिल रहेकोले अनलाइन प्रणालीबाट ग्राहक आफै पनि फारम भरेर जग्गा किनबेच, नामसारी लगायतका काम गर्न सक्ने बताए ।
अनलाइन प्रणालीमा जग्गाधनीहरुले आफ्नो विवरण तथा खरीद बिक्रि गर्नेको विवरण, लिखत अधिकृत वारिसबाट गरिने विवरण, जग्गाको विवरण, कित्ताको विवरण, संरक्षक लगायतकाको विवरण भर्न सक्ने प्रावधान गरिएको उनले बताए ।
यसअघि सप्तरीको कंचनरुप नगरपालिकास्थित कंचनपुर मालपोत कार्यालय अनलाइन प्रणाली दुई महिना अघि नै सूचारु भइसकेको उनले जानकारी दिए ।
यता लेखापढी संघका पूर्व अध्यक्ष जयनारायण देवले अनलाईन प्रणालीमा बिटोरी र गाउँ ब्लकका जग्गा बारे कुनै विवरण उल्लेख नभएकोले यसप्रति कार्यालय जवाफदेहीता बन्नु पर्ने बताए ।
सप्तरीमा २५ प्रतिशत गाउँ ब्लक र १० प्रतिशत जग्गा बिटोरी नै रहेकोले ती जग्गावालाहरुलाई आउने समस्याप्रति कार्यालय गम्भिर हुनुपर्ने जिकिर गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सोमबार कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ