News Category 2075/10/17
फोरम मधेश प्रदेशको प्रथम अधिवेशन चैत २१ र २२ गते लहानमा हुने
दैनिक समाचारदाता
राजविराज, १७ माघ ।
संघीय समाजवादी फोरम नेपाल मधेस प्रदेश समितिका अध्यक्ष रेणु यादवको अध्यक्षतामा सम्पन्न पुर्ण वैठकले फोरम नेपाल मधेस प्रदेश समितिको प्रथम अधिवेशन चैत २१ र २२ गते सिरहाको लहानमा गर्ने निर्णय गरेको छ ।
फोरमको मधेश प्रदेशका मुख्य सचिव शम्भु झाद्वारा जारि विज्ञप्तिमा सो अधिवेशनका लागि विभिन्न उप समितिहरु समते गठन गरिएको जनाइएको छ ।
रेणु यादवको संयोजकत्वमा गठित राजनीतिक प्रतिवेदन लेखन समितिको सदस्यमा रामअशिस यादव र पवन कुमार ब्याहुत रहेका छन् । त्यस्तै शेष नारायण यादवको संयोजकत्वमा गठित संगठन प्रतिवेदन समितिको सदस्यमा रामनरेश राय, बादल प्रसाद यादव, दिनेश कुमार यादव, चन्देश्वर महतो, रामबाबु यादव, प्रदीप यादव र बृजकिशोर यादव रहेका छन् ।
त्यस्तै उषा यादवको संयोजकत्वमा गठित आर्थिक प्रतिवेदन समितिको सदस्यहरुमा सुनिता साह र शेष नारायण यादव रेहका छन् । त्यस्तै अशोक यादवको संयोजकत्वमा गठित आर्थिक ब्यवस्थापन उपसमितिको सदस्यहरुमा लक्ष्मि महतो, सुनिता मोची, कृष्णा शंकर साह र सुनिता साह रहेका छन् ।
शम्भु झाको संयोजकत्वमा गठित नीति तथा कार्य योजना उपसमितिको सदस्यहरुमा दीपनारायण मंडल, रामबाबु यादव, युसुफ अलि र महाराजा यादव रहेका छन् भने सलाऊदिन अहमदको संयोजकत्वमा गठित प्रतिनिधि ब्यवस्थापन उप समितिको सदस्यहरुमा निर्मला यादव, दिनेश यादव र किरण साह रहेका छन् ।
त्यस्तै आवास तथा भोजन ब्यवस्थापन उप समितिको संयोजकमा बादल प्रसाद यादव तथा सदस्यहरुमा रिता यादव, रामचरित्र प्रसाद साह, सुरेन्द्र यादव र सुनीता मोची रेहका छन् । मंच ब्यवस्थापन उपसमितिको संयोजकमा गंगा लामा तथा सदस्यहरुमा बिन्दु राय, सुनैना चौधरी र शोभादेवी साह रहेका छन् ।
यस्तै स्वयम सेवक ब्यवस्थापन उप समितिको संयोजकमा कृष्णाशंकर साह तथा सदस्यहरुमा कामेश्वर यादव, चमेली देवी दास र अरुण सिंह मंडल रहेका छन् । त्यस्तै सोही बैठकले अतिथि सत्कार उपसमिति समेत बनाएको छ । सो समितिको संयोजकमा उर्मिला साह तथा सदस्यहरुमा नागेन्द्र यादव, राधेश्याम पंडीत र रामरतन यादव रहेका छन् ।
त्यस्तै प्रचार प्रसार उपसमितिको संयोजकमा रामपृत पासवानलाई चयन गरिएको छ । सो समितिको सदस्यहरुमा धर्मेन्द्र यादव, मदन चौहान, लालजी शरण यादव र रामनरेश राय रहेका छन् । त्यस्तै सांस्कृतिक उप समितिको संयोजकमा लक्ष्मी चौधरी रहेकी छिन् । सो उपसमितिको सदस्यहरुमा रामबाबु यादव र गंगा लामा रहेका छन् ।
सोही बैठकले सप्तरीको भारदह निवासी फोरम नेपालका क्षेत्रीय अध्यक्ष सिताराम महतोको २०७५ माघ १६ गते भएको असामयिक निधन प्रति हार्दिक श्रद्धान्जली समेत ब्यक्त गरेको जारि विज्ञप्तिमा उल्लेख छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ