News Category 2075/10/17
सप्तरी कांग्रेसले माघ २१ गते सरकारविरुद्ध बिरोध प्रदर्शन गर्ने
दैनिक समाचारदाता
राजविराज, १७ माघ ।
नेपाली काँग्रेस सप्तरीले सरकारको बिरोधमा माघ २१ गते प्रदर्शन गर्ने भएको छ ।
कम्यूनिष्ट सरकार दुई तिहाइको दम्भ देखाउनुका साथै अधिनायक तर्फ अघि बढेको भन्दै काँग्रेस सप्तरीले सशक्त विरोध प्रदर्शन र सभा गर्ने तयारी गरेको हो ।
काँग्रेस सप्तरीद्वारा बिहीबार फोरम लोकतान्त्रिक काँग्रेसमा समाहित भएपछि त्यस पार्टीबाट महासमिति सदस्य र पर्यवेक्षकमा मनोनयन भएकाहरुको सम्मानमा आयोजना गरिएको कार्यक्रममा सो जानकारी दिएको हो ।
जिल्ला सभापति दिनेश यादवले वर्तमान सरकारले लोकतन्त्र र प्रजातन्त्र नै सिध्याउन लागेको भन्दै आगामी माघ २१ गते सरकार विरुद्ध निर्णायक लडाई लड्ने बताए ।
कार्यक्रममा नगर सभापति शम्भुलाल देव, पूर्व जिविस सभापति विरबल विराजी ट्रेड यूनियनका काँग्रेस सप्तरीका अध्यक्ष मनोज कुमार मंडल, पूर्वमन्त्रीद्वय हेमराज तातेड, रमनी राम, जिल्ला सचिव रामकुमार यादव, क्षेत्रीय सभापति महानन्द यादव, छेदी चौधरी, विन्देश्वर प्रसाद साह, विन्दी लगायतले पनि बोल्दै पार्टी र भ्रातृ संस्था मिलेर माघ २१ मा सशक्त वरोध प्रदर्शन गरी सरकारलाई खबरदारी गर्ने बताए ।
कार्यक्रममा तत्कालिन फोरम लोकतान्त्रिकबाट काँग्रेसको महासमिति सदस्य र पर्यवेक्षकमा मनोनयन भएका पुर्वमन्त्रीद्वय हेमराज तातेड, रमनी राम तथा विन्देश्वर प्रसाद साह, विन्दी, छेदीलाल चौधरी, भोगेन्द्र चौधरी, विन्दु यादव, हुलसित यादव, प्रभु चौधरी, पवनी देवी खंग, संजय चौधरी लगायतलाई सभापति यादवले खादा र अबिर लगाएर सम्मान गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ