News Category 2075/10/18
मालपोत कार्यालय राजविराजमा अनलाइन प्रणाली लागु
दैनिक समाचारदाता
राजविराज, १६ माघ ।
भुमिसुधार तथा तथा मालपोत कार्यालय राजविराजले शुक्रबारदेखी आफ्नो सम्पूर्ण अभिलेख राख्ने कार्य अनलाइन प्रणालीबाट सुरु गरेको छ ।
भूमि तथा अभिलेख विभागका महानिर्देशक गोकर्णमणि दवाडीले अनलाइन प्रणालीबाट अभिलेख राख्ने कार्यको उद्घाटन गरे ।
मालपोत कार्यालयका प्रमुख सिकेन्द्र प्रसाद साहको अध्यक्षतमा आयोजित कार्यक्रममा महानिर्देशक दवाडीले अब उपरान्त अनलाइनमा राखिने अभिलेखका कारण सम्पूर्ण कामकाज पारदर्शी हुने बताए ।
.jpg)
उनले मुलुक डिजिटल प्रविधितर्फ उन्मूख भइरहेको हुँदा जग्गाधनी पूर्जा समेत अनलाइनमा राखिने कार्यले गर्दा कसैलाई कुनै प्रकारको झन्झट नहुने र चाहेको बेला सजिलै हेर्न सकिने बताए । यस प्रविधिले जग्गा खरीद र बिक्रि गर्न चाहनेहरुले कम खर्चमा सजिलै गर्न पाउने उनले जिकिर गरे ।
आयोजित कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी आनन्द ठाकुर, राजविराज नगरपालिका प्रमुख शम्भु यादव लगायतकाले अनलाइन प्रणालीे शुभारम्भ भएकोमा शुभकामना दिएका थिए ।
राजविराजको मालपोत कार्यालय यो प्रणाली अपनाउने नेपालको ५१ औं मालोपोत कार्यालय भएको छ । यस अघि नेपालको ५० मालपोत कार्यालयहरुमा अनलाइन प्रणाली लागु भइसकेको छ ।
यता मालपोत कार्यालय राजविराजका प्रमुख सिकेन्द्र साहले अनलाइन प्रणाली लागु भएपछि जनताले सजिलैसँगै काम गर्न गराउने सक्ने बताए । अहिले हुने गरेको कामकाज अलि जटिल रहेकोले अनलाइन प्रणालीबाट ग्राहक आफै पनि फारम भरेर जग्गा किनबेच, नामसारी लगायतका काम गर्न सक्ने उनले बताए ।
अनलाइन प्रणालीमा जग्गाधनीहरुले आफ्नो विवरण तथा खरीद बिक्रि गर्नेको विवरण, लिखत अधिकृत वारिसबाट गरिने विवरण, जग्गाको विवरण, कित्ताको विवरण, संरक्षक लगायतकाको विवरण भर्न सक्ने प्रावधान गरिएको रहेको छ ।
यसअघि सप्तरीको कंचनरुप नगरपालिकास्थित कंचनपुर मालपोत कार्यालय अनलाइन प्रणाली दुई महिना अघि नै सूचारु भइसकेको छ ।
यता संचालनमा आएको अनलाईन प्रणालीमा बिटोरी र गाउँ ब्लकका जग्गा बारे कुनै विवरण उल्लेख रहेको छैन् । जसकारण बिटोरी र ब्लकका जग्गा हुनेहरुमा अन्यौलता छाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/21 सप्तरीमा सेनासहित ७ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन
- 2082/10/21 कारागारमा प्रतिबन्धित लागुऔषध र मोबाइल फेला
- 2082/10/21 प्रधानमन्त्री कप छनौट प्रतियोगितामा घरेलु टोलीको विजयी सुरुवात
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ