News Category 2075/10/18
नेविसंघ सप्तरीद्वारा प्रधामन्त्रीको पुतला दहन
दैनिक समाचारदाता
राजविराज, १८ माघ ।
नेवि संघ सप्तरीले शुक्रबार राजविराजमा प्रधानमन्त्रीको पुत्ला दहन गर्नुका साथै मसाल जुलससँगै सरकार बिरुद्ध प्रदर्शन गरेको छ ।
चिकित्सा शिक्षा सुधारको माग गर्दै विगत २४ दिनदेखि अनसन बसिरहेका डा. गोविन्द केसीको माग सम्बोधन तथा निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणका दोषीलाई अबिलम्ब पक्राउ गर्न माग गर्दै प्रधानमन्त्रीको पुत्ला दहन गर्नुका साथै बिरोध प्रदर्शन गरेको हो ।
नेविसंघ जिल्ला कार्य समिति सप्तरीको अगुवाईमा निस्केको मसाल जुलुस स्थानिय नेता चौकमा पुगेपछि प्रधानमन्त्री केपी ओलीको पुतला दहन गर्दै विरोध सभामा परिणत भएको थियो । नेविसंघका जिल्ला सभापति धनानन्द यादवले डा. केशीले उठाएका जायज माग सम्बोधन गराउन तथा निर्मला बलत्कार र हत्या प्रकरणका दोषीलाई अबिलम्ब पक्राउ गर्न सरकारलाई दवाव दिने उद्देश्यले विरोध प्रदर्शन गरिएको बताए ।
विरोध सभालाई विद्यार्थी नेता समिर झा, पार्थाे सरकार लगायतले पनि सम्बोधन गर्दै बर्तमान सरकार अधिनायक तर्फ बढेको तथा दुई तिहाईको दम्भमा विपक्षीलाई पेलेरै जान खोजेको भन्दै २१ माघ देखि आन्दोलन अझ शसक्त ढंगले अघि बढने चेतावनी दिए ।
सो क्रममा प्रहरीसँग केहिबेर धम्साधम्सी समेत भएको थियो । यद्यपी कुनै अप्रिया घटना भने हुन पएन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/24 रुपनीमा आगलागि हुँदा ५० लाखको क्षति, एक जना घाइते
- 2082/06/24 राजविराज बसपार्क संचालन प्रक्रिया अघि बढ्यो
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ