News Category 2075/10/20
हाइड्रोशिलको उपचार अब अंचल अस्पतालमै
दैनिक समाचारदाता
राजविराज, २० माघ ।
राजविराजस्थित गजेन्द्र नारायण सिंह अंचल अस्पताललाई व्यवस्थित र सुधारोन्मुख हुँदै गएको अवस्थामा रहेको बेला अस्पतालले विभिन्न उपचारको सेवा आरम्भ गरेको जनाएको छ ।
हाइड्रोशिल शल्यक्रिया सम्बन्धी आइतबार सम्पन्न गरेको अन्तरक्रियामा अस्पतालका मेडिकल सुपरिडेन्डेन्ट डा. चुमनलाल दासले अस्पतालले थप हाइड्रोशिल शल्यक्रिया, आङ्गखस्ने र बन्ध्याकरणका लागि निशुल्क उपचारको व्यवस्था संचालनमा ल्याएको जनाएका छन् ।
उनले अस्पताल सुधारोन्मुख हुँदै गइरहेकोले आगामी दिनहरुमा थप उपचार सेवा बिस्तार गर्दै लैजाने प्रतिबद्धता समेत व्यक्त गरे ।
अस्पतालमा एनआईसियु सेवालाई बिस्तार गर्न जनशक्तिमा सुधार, भौतिक पूर्वाधार तयार तथा वाडहरु व्यवस्थित गर्नेतर्फ लागिपरेको बताए । यसअघि अस्पतालले हनिर्या र एपेन्डिसको शल्यक्रिया समेत सूचारु गरिसकेको जानकारी दिए ।
सो अन्तरक्रियामा अस्पतालका चिकित्सक डा. सरोज यादवले हाइड्रोशिलका बिरामी सप्तरीमा अत्याधिक रहेकोले यसका लागि अंचल अस्पतालमै उपचार सम्भव रहेको दाबी गरे । उनले बिराटनगरमा आफू रहँदा हाइड्रोशिलका बिरामीहरु सप्तरीबाटै बढी आउने गरेको सुनाउँदै अब सप्तरीका बिरामीहरु बिराटनगर नगई राजविराजमै उपचार गराउन सक्ने बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सोमबार कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ