News Category 2075/10/21
सरकारविरुद्घ काँग्रेसको राजविराजमा विशाल प्रदर्शन

दैनिक समाचारदाता
राजविराज, २१ माघ ।
नेपाली काँग्रेस सप्तरीले सोमबार सरकारबिरुद्ध राजविराजमा विशाल प्रदर्शन गरेको छ ।
बर्तमान सरकार दुई तिहाई दम्भमा जनविरोधी निर्णय गर्नुका साथै अधिनायक तर्फ बढेको भन्दै काँग्रेसले सोमबार नेपालभरि विरोध सभा र प्रदर्शन गरेको हो ।
जिल्लाका सबै १८ वटै स्थानिय तहका नगर र गाउँपालिकाबाट काँग्रेसका नेता, कार्यकर्ता र शुभचिन्तकहरु बस, ट्रक, ट्रयाक्टर, मोटरसाईकल र साईकल लगायतका साधनबाट सदरमुकाम राजविराज पुगेका थिए ।
राजविराजस्थित राजरंगशालाबाट निकालिएको बिशाल प्रदर्शनमा सरकार विरुद्घ चर्को नारावाजी गरिएको थियो । निस्केको जुलुसले नगरपरिक्रमा गर्दै गजेन्द्र चौकमा पुगी विरोध सभामा परिणत भएको थियो ।
विरोध सभालाई सम्बोधन गर्दै काँग्रेस सप्तरीका सभापति दिनेश कुमार यादवले बर्तमान सरकार दुई तिहाईको दम्भमा संविधान विपरित काम गर्नुका साथै प्रमुख प्रतिपक्षीय काँग्रेसलाई पेलेरै जान खोजेको आरोप लगाए ।
उनले डा. गोविन्द केशीसँग सरकारले गरेको सम्झौता कार्यान्वयन गर्नुपर्ने, मुल्यबृद्घि र भ्रष्टाचार नियन्त्रण गर्नु पर्ने, निर्मला पन्तका हत्यारालाई अविलम्ब पक्राउ गरी कार्यवाही गर्नुपर्ने र सरकारले गरेका जनविरोधी र एकलौटी निर्णयहरु सच्चयाउनु पर्ने आप्mनो पार्टीको मुख्य माँग रहेको बताए । उनले आन्दोलनबाट बर्तमान सरकाराई ठेगाना लगाउने चेतावनी समेत दिए ।
बिरोध सभालाई सम्बोधन गर्ने क्रममा सभापति यादव सरकारप्रति निकै आक्रमक देखिएका थिए । उनले विरोध सभा सरकारविरुद्घ सांकेतिक विरोध मात्रै रहेको यतीले सरकार आप्mनो व्यवहार नसच्चाए आन्दोनको आंधीबेरी सृजना गरी घुडा टेकाउन बाध्य पार्ने चेतावनी दिए ।
सधै सरकारमा रहँदै आएको नेपाली काँग्रेस करिब डेढ वर्षपछि पहिलो पटक मुलुकभर यस्तो प्रदर्शन गरेको हो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/01 लगातार दोश्रो पटक तिरहुत टाईगर्सले जित्यो मेयरकप प्राइड लिगको उपाधी
- 2082/04/01 भारोत्तोलन संघ सप्तरीको अध्यक्षमा पुन्तिलाल चयन
- 2082/04/01 उच्च अदालतद्वारा पहिलो पटक १८ महिने मुद्दालाई शुन्यमा झारियो
- 2082/04/01 मधेस सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालयद्वारा पूँजीगत खर्चमा ८२.९३ प्रतिशत प्रगती हासिल
- 2082/04/01 डिफेन्डिङ च्याम्पियन तिरहुत टाइगर्स र राजदेवी रोयल्सबीच फाइनल हुने
- 2082/03/31 भारतको गुजरातबाट पाँच नेपाली मजदुरको उद्धार
- 2082/03/31 फाइनलका लागि राजदेवी रोयल्स र खडक वारियर्स तथा तिरहुत टाइगर्स र कन्चनरुप राइनोजबीच प्रतिस्पर्धा हुने
- 2082/03/30 उपचार खर्च माग्दै पीडित परिवार तथा आफन्तद्वारा राजविराज नगरपालिकामा तालाबन्दी
- 2082/03/30 सामुदायिक खानेपानीमा करछुटको माग
- 2082/03/30 राजदेवी रोयल्स र तिरहुत टाइगर्स सेमिफाइनलमा प्रवेश
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ