News Category 2075/10/22
भर्ना गराएर आफन्त वेपत्ता भएपछि मृत्यु पश्चात् सम्पर्कमा आए छोरा
दैनिक समाचारदाता
राजविराज, २२ माघ ।
राजविराजस्थित गजेन्द्र नारायण सिंह अंचल अस्पतालमा तीन दिनअघि एक बृद्धालाई उपचारका लागि भर्ना गराएर आफन्त वेपत्ताभएपछि ती बृद्धाको मृत्यु पश्चात् उनका छोरा सम्पर्कमा आएका छन् ।
अस्पतालको वेड नं. ५ मा उपचारका लागि भर्ना गराएकी राजविराज २ निवासी ५५ वर्षिया बच्चिदेवी झाको मंगलबार बिहान मृत्यु भएपछि उनका छोरा सम्पर्कमा आएका छन् ।
मृतक झालाई उनका आफन्त रामप्रसाद नाम बताउने व्यक्तिले आइतबार बिहान पेट दुखेको भन्दै अस्पतालको आकस्मिक कक्षमा भर्ना गराएर वेपत्ता भएका अस्पतालले जनाएको छ ।
मंगलबार बिहान मृत्युपछि अस्पतालमा दिएको ठेगानामा सम्पर्क गर्दा कोही आफन्त फेला नपरेको अस्पतालमा ड्युटीरत प्रहरी हवल्दार रमाशंकर यादवले जानकारी दिएका छन् । भर्ना भएका दिन उपचारमा संलग्न चिकित्सकले जाँचका क्रममा महिलामा मृगौला रोगको गम्भिर लक्षण देखिएको भन्दै ती महिलालाई लिएर आउने व्यक्ति रामप्रसादलाई केही औषधी किने ल्याउन भनेको थियो । तर, औषधी किन्न पूर्जा लिएर गएका रामप्रसाद फर्केर नआएको हवल्दार यादवले बताए ।
यता महिलाको अवस्था नाजुक बन्दै गएपछि उपचारमा संलग्न डा. कल्पना साह आफ्नै खर्चमा तत्काल आवश्यक पर्ने केही औषधी किनेर उपचार सुरु गरेका थिए । कोही आफन्त नआउँदा अस्पतालमा ड्युटीरत हवल्दार यादवले ती महिलाको तीन दिनसम्म स्याहार, सुसार गर्दै पोषिलो खानेकुराको व्यवस्था पनि गरिदिदा समेत उनलाई बचाउन नसकिएको डा. साहले बताइन् ।
डा. साहले ती बृद्धाको मृगौलामा गम्भिर समस्या देखिएपनि भ्याएसम्म सहयोग र बचाउने प्रयास गर्दा गर्दै बचाउन नसकिएको बताइन् ।
यस्तै अस्पतालमा मेडिकल सुपरिडेन्टेन्ट डा. चुमनलाल दासले मानविय संवेदनशिलताका कारण यसरी भर्ना भएका बिरामीहरुलाई समय समयमा सेवा प्रदान गर्दै गरेको जानकारी दिए । यसैबीच मृतक महिलाका छोरा अनिल झाले मंगलबार साँझ शव बुझेर लगेका छन् । उनले आमा आफुहरुसँग छुटेर अन्यत्रै बस्ने गरेको र कसले अस्पताल भर्ना गराएको त्यो पनि थाहा नभएको बताए । उनले प्रहरीले आफन्त खोज्दै जाँदा मात्र आफूहले थाहा पाएको बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/21 सप्तरीमा सेनासहित ७ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन
- 2082/10/21 कारागारमा प्रतिबन्धित लागुऔषध र मोबाइल फेला
- 2082/10/21 प्रधानमन्त्री कप छनौट प्रतियोगितामा घरेलु टोलीको विजयी सुरुवात
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ