News Category 2075/10/26
तीनै तहको सरकारबीच समन्वयको अभाव ः प्रदेश २ प्रमुख कायस्थ
राजविराज÷प्रदेश २ का प्रमुख रत्नेश्वरलाल कायस्थले तीनै तहका सरकार बीच समन्वयको अभावमा विभिन्न समस्या उठ्ने गरेको विचार व्यक्त गरेका छन् ।
सप्तरीको प्रमुख पर्यटकीय स्थल कञ्चनरुप नगरपालिका १२ स्थित धारापानीमा शनिबार आयोजित नेपाल पत्रकार महासंघ सप्तरीको वार्षिक साधारण सभाको उद्घाटन गर्देै उनले सो विचार व्यक्त गरेका हुन ।
उनले स्थानिय, प्रदेश र संघीय सरकार एक आपसमा सरसल्लाह गरी अघि बढे धेरै समस्या आपैm समाधान भएर जाने बताउँदै विकास निर्माणका लागि प्राप्त बजेट, साधन र श्रोत न्यायोचित रुपमा खर्च गरिनु पर्नेमा जोड दिए ।
उनले तीनै तहका सरकारको कामकाज बारेमा निगरानी सम्बद्ध निकायका साथै संचारकर्मीहरुले पनि गरेर सरकारलाई सहयोग गर्नुपर्ने बताए । उनले भ्रष्टाचार नियन्त्रणमा संचारकर्मीको भूमिका पनि महत्वपूर्ण हुने भन्दै पत्रकारहरु कुनै प्रलोभनमा नपरी भ्रष्टाचार र अनियमितता विरुद्ध निर्भिक र निष्पक्ष भई कलम चलाए भ्रष्टाचार नियन्त्रण र न्यूनिकरणमा ठुलो मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
पत्रकारहरुको पेशागत हकहित र उत्थानका लागि पत्रकार प्रतिष्ठान स्थापना तर्फ सरकारको ध्यान गएको जानकारी दिदै श्रमजिवि पत्रकारको जीवन स्तरमा सुधार ल्याउन र उत्थानमा मद्दत पु¥याउने काम समेत गरेको धारणा राखे ।
पत्रकार महासंघ सप्तरीका अध्यक्ष जितेन्द्र खड्गकाको अध्यक्षतामा आयोजित वार्षिक साधारण सभामा पूर्व मन्त्री हेमराज तातेड, वरिष्ठ राजनीतिज्ञ एवम् पूर्व पत्रकार कृष्णराज बर्मा, कंचनरुप नगरपालिकाका प्रमुख बसन्त मिश्र, सप्तकोशी नगरपालिकाका प्रमुख उत्तम गौतम, पत्रकार महासंघका केन्द्रीय सदस्य अवधेश झा, प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, वरिष्ठ पत्रकार द्वय अनिल कुमार अनल, शिवहरी प्रसाद भट्टराई, उद्योग वाणिज्य संघ सप्तरीका अध्यक्ष अरुण प्रधान, निर्माण व्यवसायी संघ सप्तरीका अध्यक्ष एनेश्वर दास लगायतले शुभकामना दिएका थिए ।
कार्यक्रममा पत्रकारिता तथा विभिन्न क्षेत्रमा योगदान पु¥याए वापत वरिष्ठ राजनीतिज्ञ एवम् पूर्व पत्रकार कृष्णराज वर्मा, जेठा पत्रकार शिशु प्रसाद देवकोटा, कञ्चनरुप नगरपालिकाका मेयर बसन्त मिश्र तथा न्यूज टुडेका प्रकाशक एवं कम्प्याक्ट कम्यूनिकेशन प्रालिका अध्यक्ष शिवनारायण साहलगायतलाई प्रमुख अतिथि कायस्थले कदर पत्रबाट सम्मान गरेका थिए ।
पत्रकार महासंघका सचिव जितेन्द्र झा जितुद्वारा संचालित कार्यक्रममा अतिथिहरुलाई महासंघका सल्लाहकार श्रवण देवले स्वागत गरेका थिए भने उपाध्यक्ष श्यामसुन्दर यादवले धन्यवाद व्यक्त गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ