News Category 2075/10/27
चालक परिवर्तन भए नभएको जानकारी दिने उद्देश्यले ‘ट्राफिक कम्युनिकेशन एप्स’ सञ्चालनमा
दैनिक समाचारदाता
राजविराज, २७ माघ ।
सवारी दुर्घटना न्यूनीकरण तथा सुरक्षित यात्राका लागि आइतबारदेखी ‘ट्राफिक कम्युनिकेशन एप्स’ सञ्चालनमा ल्याइएको छ ।
प्रहरी प्रधान कार्यालयको समन्वयमा ट्राफिक प्रहरी कम्युनिकेशन नामक एप्सको सार्वजनिकीकरण गरिएको हो ।
सप्तरीको शम्भुनाथ नगरपालिकास्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयमा प्रदेश २ का प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक हरीबहादुर पालले उक्त एप्सको शुभारम्भ गरे ।
एप्सको शुभारम्भ गर्दै प्रहरी प्रमुख पालले एउटा मात्र चालक राख्दा निदाएर दुर्घटना भइरहेको भन्दै अब उप्रान्त सबारीसाधनले दुई वटा चालक राख्नुपर्ने बताए ।
उनले दुई वटा चालक राखे÷नराखेको पत्ता लगाउनकै लागि यो एपको निर्माण गरिएको भन्दै यो एप मार्फत् त्यो कुरा पत्ता लगाइने र एक मात्रै चालक राख्नेलाई कार्वाहीको दायरामा ल्याइने बताए ।
प्रहरी प्रधान कार्यालय, राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालयले लामो दूरीमा चल्ने यात्रुवाहक सार्वजनिक सवारीसाधन चलाउने चालक परिवर्तन भए नभएको जानकारी दिने उद्देश्यले उक्त एप्स सञ्चालनमा ल्याइएको हो ।
लामो दूरीका सवारी चालक, बस नम्बर तथा प्रस्थान समय इन्टरनेटको सर्भरमा राखेपछि विभिन्न प्वाइन्टहरुमा जाँचका क्रममा उही चालक भेटिएमा कारवाही गरिने व्यवस्था गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ