News Category 2075/11/05
ट्रक दुर्घटनामा दुईको मृत्यु
दैनिक समाचारदाता
राजविराज, ५ फागुन ।
पुर्व पश्चिम राजमार्ग अन्तरगत सप्तरीको अग्निसाईर कृष्णसवरण गाउँपालिका २ सडक खण्डमा आइतबार बिहान एक मालबाहक ट्रक रुखमा ठोकिएर दुर्घटना हुँदा त्यसमा सवार दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा ट्रक चालक गम्भिर घाइते भएका छन् ।
पश्चिमबाट पुर्व तर्फ जाँदै गरेको ना. ५ ख १६५१ नं. को सो ट्रक अनियन्त्रीत भई सडक किनारमा रहेको आँपको रुखमा ठोकिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
दुर्घटनामा परी मृत्यु हुनेहरुमा बारा जिल्ला निजगढ नगरपालिका ८ निवासी २५ वर्षिय भरत तामाङ र उदयपुर जिल्ला त्रियुगा नगरपालिका ४ निवासीे २१ बर्षिय अशोक लामा रहेको सप्तरी प्रहरीका डिएसपी भावेश रिमालले जानकारी दिएका छन् ।
यता दुर्घटनामा ट्रक चालक बारा जिल्ला निजगढ नगरपालिका ८ निवासी २२ वर्षका सौरभ लामा गम्भिर घाईते भएकोले उनको स्थानिय धर्मेश्वर अस्पताल उपचार भइरहेको छ ।
मृतक दुबैको शव पोष्टमार्टमका लागि स्थानिय गजेन्द्र नारायण सिंह अंचल अस्पतालमा ल्याई दुर्घटना बारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सोमबार कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ