News Category 2075/11/05
तीन हजार घुस लिदै गर्दा मालपोतका दुई कर्मचारी समातिए
दैनिक समाचारदाता
राजविराज, ५ फागुन ।
राजविराजस्थित भुमिसुधार तथा मालपोत कार्यालयका दुई कर्मचारीलाई सेवाग्राहीबाट तीन हजार घुस लिदै गर्दा आइतबार अख्तियारको टोलीले पक्राउ गरेको छ ।
जग्गा सम्बन्धी मिशिल कागजात तयार गर्न मुद्दा फाँटका नायब सुब्बा रामनारायण शर्मा र कम्प्युटर अपरेटर राजेश साहलाई तीन हजार घुस लिदै गर्दा अख्तियार टोलीले समातेको हो ।
कम्प्युटर अपरेटर साहले घुस वापत लिएको रकम नासु शर्माकै आदेशमा बुझिलिएको अख्तियार टोली समक्ष बयान दिएपछि शर्मालाई पनि टोलीले पक्राउ गरेको थियो ।
सो कार्यालयमा खुलेआम सेवाग्राहीसँग घुस लिने काम भइरहेको जनगुनासो बढ्दै गएपछि केही दिन यता इटहरीस्थित अख्तियारको टोलीले निगरानी बढाएको थियो ।
पक्राउ परेका दुबै जनालाई आवश्यक अनुसन्धानका लागि इटहरीस्थित अख्तियारको क्षेत्रिय कार्यालय लगिएको अख्तियार श्रोतले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/24 रुपनीमा आगलागि हुँदा ५० लाखको क्षति, एक जना घाइते
- 2082/06/24 राजविराज बसपार्क संचालन प्रक्रिया अघि बढ्यो
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ