News Category 2075/11/08
बालबालिकाको चौतर्फी बिकासका लागि बालविकास केन्द्रमा लगानी

दैनिक समाचारदाता
राजविराज, ८ फागुन ।
बालबालिकालाई रमाईलो बातावरणमा पठन पाठनसँगै शिकाई प्रक्रियामा सहयोग पु¥याउने उद्देश्यले समुन्नती कार्यक्रम संचालनमा ल्याएको आयोजित एक कार्यक्रम सहभागीहरूले बताएका छन् ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका २ लौनियाँमा बुधबार आयोजित बालबिकासको निर्माण कार्यको मध्यावधिक समाजिक लेखा परिक्षण कार्यक्रममा कक्षा १ को तैयारी र बालबालिकाको चौतर्फी बिकासका लागी समुन्ती कार्यक्रम संचालनमा ल्याएको कार्यक्रम संयोजक उमेश्वर चौधरीले जानकारी दिए ।
यसैबीच सेभ द सप्तरीको आयोजना तथा सेभ द चिल्ड्रेनको सहयोगमा समाजिक लेखा परिक्षण सम्पन्न भएको छ । उमेश्वर अधारभुत बिद्यालय लौनियाँमा निर्माणाधिन बाल बिकास केन्द्रको मध्यावधिक समाजिक परिक्षण गरेको सेभ द सप्तरी लेखा तथा प्रशासन अधिकृत अशोक कुमार साहले जानकारी दिए ।
भुकम्प प्रतिरोधात्मक निर्माणधिण बालबिकास केन्द्रमा हाल सम्म सेभ द सप्तरी, सेभ द चिल्ड्रेनको सहयोगमा १६ लाख ४९ हजार ९ सय १४ पैसा र बिद्यालयले ३० हजार ७ सय ३३ रूपैया ४० गरी १६ लाख ८० हजार ६ सय ३३ रूपैया ९८ पैसा लगानीमा बालबिकास केन्द्र बनाउन लागेको बिद्यालयका प्रअ प्रदिप कुमार मण्डलले जानकारी गराए ।
हाल सम्म यस बालबिकास केन्द्र १० लाख ५६ हजार ६ सय २७ रूपैया ७१ पैसा जसमध्ये १९ हजार बिद्यालयले सहयोग गरेको प्राबिधिक सत्य नारायण यादबले बताए ।
उक्त बिद्यालयमा बालबिकास केन्द्रको भबन नहुदाँ बालबालिकाहरूलाई पठन पाठन तथा सिकाई प्रक्रिया समस्या हुने गरेको अबस्थामा सेभ द सप्तरी र सेभ द चिल्ड्रेनले गरेको सहयोगले बालवालीकाको लागि ठुलो उपलब्धी भएको बिद्यालयका प्रअ प्रदिप कुमार मण्डलले बताए ।
बालबिकास केन्द्रमा हाल ६४ वटा बालवालिका अध्ययनरत रहेका छन् । बालबिकास केन्द्रमा हालसम्म लागेका खर्च तथा कामकाज मुल्यांकन तथा समाजिक लेखा परिक्षण गरि सम्बन्धी सरोकारवालाहरूसँग सुझाव संकलन अनुसार अगामी दिनमा कार्य सम्पन्न गराउने उद्देश्यले मध्यावधिक समाजिक परिक्षण गरेको सेभ द सप्तरीका कार्यक्रम संयोजक उमेश्वर चौधरीले बताए ।
सो अवसरमा तिलाठी कोईलाडी वडा नम्वर २ का वडा सदस्य दिनेश मण्डल, चन्दना मण्डल, सीतादेवी खंग, बिद्यालयका प्रअ प्रदिप कुमार मण्डल, बिद्यालय ब्यबस्थापन समिति सदस्य हरि नारायण साह, कृष्णदेब मण्डल, सेभ द सप्तरीका कार्यक्रम संयोजक उमेश्वर चौधरी, लेखा अधिकृत अशोक साह, अनुगमन, मुल्यांकन तथा जवाफदेहिता शिकाई अधिकृत संतोष यादब, प्राबिधिक सत्य नारायण यादब, लोजिष्टिक अधिकृत महेश चौधरी, लगायतको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/01 लगातार दोश्रो पटक तिरहुत टाईगर्सले जित्यो मेयरकप प्राइड लिगको उपाधी
- 2082/04/01 भारोत्तोलन संघ सप्तरीको अध्यक्षमा पुन्तिलाल चयन
- 2082/04/01 उच्च अदालतद्वारा पहिलो पटक १८ महिने मुद्दालाई शुन्यमा झारियो
- 2082/04/01 मधेस सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालयद्वारा पूँजीगत खर्चमा ८२.९३ प्रतिशत प्रगती हासिल
- 2082/04/01 डिफेन्डिङ च्याम्पियन तिरहुत टाइगर्स र राजदेवी रोयल्सबीच फाइनल हुने
- 2082/03/31 भारतको गुजरातबाट पाँच नेपाली मजदुरको उद्धार
- 2082/03/31 फाइनलका लागि राजदेवी रोयल्स र खडक वारियर्स तथा तिरहुत टाइगर्स र कन्चनरुप राइनोजबीच प्रतिस्पर्धा हुने
- 2082/03/30 उपचार खर्च माग्दै पीडित परिवार तथा आफन्तद्वारा राजविराज नगरपालिकामा तालाबन्दी
- 2082/03/30 सामुदायिक खानेपानीमा करछुटको माग
- 2082/03/30 राजदेवी रोयल्स र तिरहुत टाइगर्स सेमिफाइनलमा प्रवेश
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ