News Category 2075/11/09
महुलीमा एटिएम सेवासहित कामना बैंकको शुभारम्भ
दैनिक समाचारदाता
राजविराज ९ फागुन ।
सप्तरीको अग्नीसाइर कृष्णा सवरण गाउँपालिकाको महुली बाजारमा बिहीबार कामना सेवा विकास बैंक लिमिटेडले एटिएम सेवासहित सप्तरीमा आफ्नो पहिलो शाखा विस्तार गरेको छ ।
सो शाखाको उद्घाटन एक कार्यक्रम बीच बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले गरेका हुन । यो सँगै बैंकको केन्द्र सहित देश भरमा ६५ वटा शाखा पुगेको छ ।
सो अवसरमा उनले इन्स्योरेन्स, रेमिट्यान्स, एटिएम सेवा सहितको पुर्ण बैंकिङ्ग सेवा यस बैंकबाट सहज र सरल रुपमा प्रदान गरिने जानकारी दिए ।
गाउँ–गाउँ र शहर शहरमा जनताको वित्तीय पहुँच पु¥याउने उदेश्य ले राजविराज, लाहान, गाइघाट, धरान लगायत २ दर्जन स्थानमा अझै शाखा विस्तार गर्ने योजना सहित निर्माण कार्य सुरु भई अन्तिम चरणमा पुगेको जानकारी दिदै उनले एक वर्ष भित्र देशभर केन्द्र सहित १ सय भन्दा बढी शाखा विस्तार भई सक्ने बताए ।
अन्य बैंकको तुलनामा ऋणमा सस्तो व्याजदर, सरल सहज रुपमा कर्जा प्रवाह तथा विश्वसनिय र छिटो छरितो बैंकिक सेवा प्रदान गर्दै आएकोले छोटै समयमा बैंक सर्वसाधारणमा साख बनाउन सफल भएको उनको भनाई थियो ।
अग्नीसाइर कृष्णा सवरण गाउँपालिकाका अध्यक्ष परशुराम चौधरीले आफ्नो गाउँपालिकामा कामना सेवा विकास बैंकलाई स्वागत गर्न पाउँदा खुशी लागेको र यहाँका जनताले सरल र सहज रुपमा बित्तिय सेवा प्राप्त गर्ने विश्वास व्यक्त गर्दै बैंकको प्रगतिको शुभकामना दिए ।
शाखा प्रमुख संयोग खडकाद्वारा संचालित कार्यक्रममा बैंकका संचालक समिति सदस्य विशेश्वर सुवेदीले अतिथिहरुको स्वागत गरेका थिए । कार्यक्रममा बैंकका प्रदेश नं. १ का प्रमुख सुजन राई, प्रदेश नं. २ का प्रमुख राकेश सिंह यादव, प्रमुख सचिव रमेश भट्टराई, प्रमुख प्रोजेक्ट म्यानेजर रवी पौडेल, नेपाल पत्रकार महासंघ प्रदेश २ का पार्षद मनोज कुमार माझीका साथै स्थानीय जनप्रतिनिधि, व्यापारी, कर्मचारी, समाजसेवी तथा अन्य स्थानीयवासीको उपस्थिति थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ