News Category 2075/11/09
नगरभित्रै कै बिद्यालयमा बिद्यार्थीहरूको उपस्थिति न्यून, न्यून बिद्यार्थी भएका बिद्यालयलाई मर्ज गरिने ः उपप्रमुख झा
चन्दनकुमार यादव
राजबिराज, ९ फागुन ।
राजबिराज नगरपालिकाको मुख्य बजार भित्र कै सामुदायिक बिद्यालयहरूमा बिद्यार्थीहरूको उपस्थिति न्यून रहेको देखिएको छ ।
बिहिवार राजबिराज वडा नम्वर ७ स्थित बालमन्दिरमा शिक्षकको अनुपातमा बिद्यालयमा ८ देखि १० जना मात्र बिद्यार्थीको उपस्थित देखियो ।
बालमन्दिरमा अध्ययनरत बिद्यार्थीहरू कक्षा कोठामा हुदैन, तर शिक्षक बिद्यालय प्राङ्गणमा दिन भरी बिताउछन । बिगतमा पुर्वाञ्चलमा उत्कृष्ट बालमन्दिरहरू मध्ये चिनिने यस बालमन्दिरमा अहिले बालवालिकाहरूको संख्या न्यून रहेको छ ।

यता बालमन्दिरकी प्रअ शान्ती झाले चाडपर्व, बिवाहको समयमा बालवालिकाको उपस्थिति न्युन हुने गरेको तथा गरिब परिवारका बालबालिकाहरू पठनपाठन गर्न आउने गरेकाले उनका अभिभावक काम गर्न बाहिर जदाँ बालबालिका समयमा बिद्यालय आउने नगरेको बताईन ।
कक्षा १ मा ९, कक्षा दुईमा १६, कक्षा ३ मा १३ कक्षा ४ मा १४ र कक्षा ५ मा ११ जना र बालबिकासमा ११ गरि ७५ जना छात्रछात्राहरूको नाम दर्ता रहेपनि बालमन्दिरमा नियमित २५ जना बालवालिका आउने गरेको प्रअ झाको भनाई छ ।
विस २०२२ सालमा स्थापित यस बालमन्दिरमा हाल २ शिक्षक र १ जना बालबिकास तथा १ जना कर्मचारी कार्यरत छन् ।
यसैगरी राजबिराज वडा नम्वर ७ स्थित अधारभुत बिधालय केन्द्र नम्वर २ बिद्यालयमा पुग्दाँ कक्षा ४ मा १ जना, कक्षा ३ मा ४ जना कक्षा १ मा ६ जना, कक्षा २ मा ६ जना, कक्षा ६ मा १ जना कक्षा ५ मा दुई जना वालबिकास मा ६ जना गरि २६ जना बिद्यार्थीको उपस्थिति रहेको थियो ।
बिद्यालयमा नामांकन भएको बालबिकासमा २६ जना, कक्षा १ मा १७ जना, कक्षा दुईमा, १५ कक्षा ३ मा २१ कक्षा ४ मा २० कक्षा ५ मा ८ कक्षा ६ मा ७ जना गरि १ सय १४ जना को नाम दर्ता रहेको बिद्यालयले जनाएको छ ।
उक्त बिद्यालयमा १ सय १० जना को नाम दर्ता रहेको बिद्यालयमा २६ जनाको मात्र उपस्थिति रहेको थियो । विद्यालयका प्रअ रमेशलाल दत्तले चाडपर्व, बिवाह, भोजभतेर, घरपरिवारमा विभिन्न कार्यक्रम हुदाँ बिद्यार्थीको संख्या घट्ने गरेको बताए ।
यस सम्बन्धमा राजबिराज वडा नम्वर ७ का अध्यक्ष मांगीलाल नाईले बिद्यालयमा बिद्यार्थी टिकाउन र सिकाई प्रक्रियामा टेवा पु¥याउन उद्देश्यले बिद्यालयमा टिफिनको ब्यबस्थापन गरेपछि नियमित ७० जना बिद्यार्थीहरू आउने गरेको दाबी गरे । सो बिद्यालयमा ६ जना शिक्षक, बालबिकास २ जना र १ जना कर्मचारीको दरबन्दी रहेको छ ।
यस्तै सोही वडाको अर्को विद्यालय रमेश नारायण दास बिद्या मन्दिरमा बिहिवार पुग्दा ३२ जना वालवालिकाको उपस्थिति रहेको थियो । यस बिद्यालयमा १ सय १४ जनाको बिद्यार्थीको नाम दर्ता रहेको छ ।
मुसहर, मुस्लिम समुदायबाट अधिकांश गरिब परिवारका बालवालिकाहरू यस विद्यालयमा रहेकाले अभिभावकलाई रोजगारको सिलसिलामा अरूको घरमा भाडा मस्काउनेदेखि घर ब्यवहारमा बाहिर जानू पर्दा समय बिद्यार्थीहरूलाई बिद्यालय पठाउन नसकेको बिद्यालय प्रअ बिभा झाले बताईन ।
सो बिद्यालयमा कक्षा १ मा ८ जना, कक्षा २ मा ८, कक्षा ३ मा ५, कक्षा ४ मा ८, कक्षा ५ मा ४, बालबिकास ४ जना गरि ३२ जनाको उपस्थिति रहेको थियो । यस बिद्यालयमा ४ शिक्षक, बालबिकासमा १ जना र कर्मचारी १ जना कार्यरत रहेका छन् ।
यता राजबिराज नगरपालिकाकी उपप्रमुख साधना झाले नगर भित्रको अधिकांश बिद्यालयमा बिद्यार्थीहरूको उपस्थिति न्यून रहेकोले बिद्यालयहरूलाई मर्ज गरि बिद्यार्थीहरूको यातायात खर्च र खाजाको ब्यबस्थापन गरि शिक्षामा सबैको पहँुच हुने उद्देश्यले कार्ययोजना बनाउने प्रतिबद्धता व्यक्त गरिन् ।
यस्तै नगरपालिका अन्तर्गत शिक्षा शाखा प्रमुख देबकुमार यादबले नगरभित्र कै बालमन्दिर, अधारभुत बिद्यालय दुई केन्द्र, र रामनारायण दास बिद्या मन्दिर केन्द्र नम्वर ४ लाई संघिय कार्यालय स्थापन भएपछि चाडै मर्ज गर्ने जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ