News Category 2075/11/14
बृद्ध दम्पत्ति साहलाई जिउँदै जलाएर हत्या
दैनिक समाचारदाता
राजविराज, १४ फागुन ।
सप्तरीमा एक बृद्ध दम्पत्तिलाई जिउँदै जलाएर हत्या गरिएको छ ।
जिल्लाको खड्क नगरपालिका ५ स्थित खर्चुहिया बजारमा रहेको घरभित्रै ७५ वर्षिय सबुरी साह र उनकी ६५ वर्षिया श्रीमती बेचनीदेवी साह जलेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
हत्या गरिएका दम्पत्तिको शरीरको केही भाग र कपडाहरु जलेको तथा कोठा र आँगनमा रगतको टाटा देखिएकोले हत्या भएको प्रहरीको दाबी छ ।
सोमबार राती साह दम्पत्ति आफ्नै घरमा सुतेको तथा मंगलबार बिहान अबेर सम्म नउठेपछि स्थानियहरुले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले घटनास्थलमा पुगेर हेर्दा दुबै जनाको शव आगोमा जलेर खरानी भएको अवस्थामा भेटिएको सप्तरीका प्रहरी प्रमुख राजेन्द्र विष्टले जानकारी दिएका छन् ।
स्थानियका अनुसार मृतक दम्पति मिल संचालक थिए भने व्याजमा रकम लगानी समेत गर्दै आएको स्थानीयहरुले बताएका छन् । उनीहरु सोही मिल रहेको घरमै सुत्ने गरेका थिए ।
यता घटनाबारे सुक्ष्म अनुसन्धानका लागि प्रहरीको तालिम प्राप्त कुकुरसमेतलाई प्रयोग गरिएको तथा फोरेन्सीक स्पर्टसहितको टोली खटाइएको जिल्लाका प्रहरी प्रमुख विष्टले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ