News Category 2075/11/14
बृद्ध दम्पत्ति साहलाई जिउँदै जलाएर हत्या

दैनिक समाचारदाता
राजविराज, १४ फागुन ।
सप्तरीमा एक बृद्ध दम्पत्तिलाई जिउँदै जलाएर हत्या गरिएको छ ।
जिल्लाको खड्क नगरपालिका ५ स्थित खर्चुहिया बजारमा रहेको घरभित्रै ७५ वर्षिय सबुरी साह र उनकी ६५ वर्षिया श्रीमती बेचनीदेवी साह जलेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
हत्या गरिएका दम्पत्तिको शरीरको केही भाग र कपडाहरु जलेको तथा कोठा र आँगनमा रगतको टाटा देखिएकोले हत्या भएको प्रहरीको दाबी छ ।
सोमबार राती साह दम्पत्ति आफ्नै घरमा सुतेको तथा मंगलबार बिहान अबेर सम्म नउठेपछि स्थानियहरुले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले घटनास्थलमा पुगेर हेर्दा दुबै जनाको शव आगोमा जलेर खरानी भएको अवस्थामा भेटिएको सप्तरीका प्रहरी प्रमुख राजेन्द्र विष्टले जानकारी दिएका छन् ।
स्थानियका अनुसार मृतक दम्पति मिल संचालक थिए भने व्याजमा रकम लगानी समेत गर्दै आएको स्थानीयहरुले बताएका छन् । उनीहरु सोही मिल रहेको घरमै सुत्ने गरेका थिए ।
यता घटनाबारे सुक्ष्म अनुसन्धानका लागि प्रहरीको तालिम प्राप्त कुकुरसमेतलाई प्रयोग गरिएको तथा फोरेन्सीक स्पर्टसहितको टोली खटाइएको जिल्लाका प्रहरी प्रमुख विष्टले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/24 रुपनीमा आगलागि हुँदा ५० लाखको क्षति, एक जना घाइते
- 2082/06/24 राजविराज बसपार्क संचालन प्रक्रिया अघि बढ्यो
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ