News Category 2075/11/16
भारत्तोलनमा सप्तरीको वर्चस्व, आठौं राष्ट्रिय खेलकुदका लागि प्रदेश २ का भारत्तोलनको खेलाडी छनौट
दैनिक समाचारदाता
राजविराज, १६ फागुन ।
नेपालगन्जमा हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बिहीबार राजविराजमा सम्पन्न प्रदेश २ को भारत्तोलन खेलाडी छनौट प्रतियोगितामा सप्तरीले उत्कृष्ट प्रदर्शन गर्दै पहिलो स्थान प्राप्त गरेको छ ।
राजविराजस्थित जिल्ला खेलकुद विकास समितिको कभर्ड हलमा सम्पन्न छनौट प्रतियोगितामा महिला र पुरुषतर्फ ४÷४ स्वर्ण पदक प्राप्त गरी सप्तरी प्रदेश २ स्तरीय छनौट प्रतियोगितामा प्रथम भएको हो ।
यस्तै धनुषा र बाराले पुरुषतर्फ २÷२ स्वर्ण पदक ल्याई द्वितीय भएका छन् भने महिलातर्फ ३ स्वर्ण पदक ल्याई सिरहा द्वितीय भएको छ । प्रतियोगितामा पर्साले एक कास्य पदक प्राप्त गरेको छ ।
प्रदेश २ का आठै जिल्लाको सहभागिता रहेको यस प्रतियोगितामा रौतहट, सर्लाही र महोत्तरीले भने खाता खोल्न सकेनन् ।
मध्यमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको आयोजना तथा भारत्तोलन संघ सप्तरीको आतिथ्यमा आयोजित प्रदेश स्तरीय छनौट प्रतियोगितामा पुरुषतर्फ ५५ केजीमा रामकुमार यादव (सप्तरी) प्रथम, ६१ केजी तौल समूहमा रमेश झा (सप्तरी) प्रथम, ७३ केजी तौल समूहमा मनोज कुमार यादव (सप्तरी) प्रथम र १०२ केजी तौल समूहमा राजेश कुमार झा (सप्तरी) प्रथम भएका छन् ।
यस्तै पुरुषतर्फ ६७ केजी तौलसमूहमा अशोक कुमार यादव (धनुषा) प्रथम र ९६ केजी तौल समूहमा धनुषाकै उज्जवल कुमार मिश्र प्रथम भएका छन् ।
८१ केजी तौल समूहमा बाराका सजाउदीन आलम प्रथम भएका छन भने प्लस १०९ केजी तौल समूहमा पनि बाराकै आदर्श कुमार गुप्ता प्रथम भए । १०९ केजी तौल समूहमा भने सिरहाका प्रताप चौधरी प्रथम भए ।
महिलातर्फ ४५ केजी तौल समूहमा काजल सदा (सप्तरी) प्रथम, ४९ केजी तौल समूहमा पुजा मण्डल (सप्तरी) प्रथम, ५५ केजी तौल समूहमा सरिता कुमारी मण्डल (सप्तरी) प्रथम र ५९ केजी तौल समूहमा सप्तरीकै सरस्वती चौधरी प्रथम भईन । महिलातर्फनै ६४ केजी तौल समूहमा पुष्पा चौधरी (सिरहा) प्रथम, ६९ केजी तौल समूहमा प्रमिला चौधरी (सिरहा) प्रथम र प्लस ८६ केजीमा सिरहाकै अनिता चौधरी प्रथम भईन ।
प्रतियोगिता समाप्तिपछि आयोजित पुरस्कार वितरण समारोहमा मध्यमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष मानदेव हजरा, नेपाल भारोतोलन संघका केन्द्रीय सचिव तीलक बहादुर राउत, केन्द्रीय सदस्य गीता श्रेष्ठ, भारत्तोलन संघ सप्तरीका अध्यक्ष महेश यादव, नेपाल खेलकुद पत्रकार मञ्च सप्तरीका अध्यक्ष मनोज कुमार माझी, अखिल नेपाल फुटवल संघ सप्तरीका अध्यक्ष देवेन्द्र बस्नेत, टेबुलटेनिस संघका अध्यक्ष मनोहर पोखरेल लगायतले विजय खेलाडीहरुलाई पुरस्का वितरण गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ