News Category 2075/11/17
ग्रामिण सत्य, तथ्य, व्यवसायिक र खोजमुलक पत्रकारिता नाराका साथ पाँच दिने तालिम सुरु
दैनिक समाचारदाता
राजविराज, १७ फागुन ।
‘ग्रामिण सत्य, तथ्य व्यवसायिक र खोजमुलक पत्रकारिता, आजको आवश्यकता’ नाराका साथ राजविराजमा पाँच दिने आधारभुत पत्रकारिता तालिम शुक्रवार देखि सुरु भएको छ ।
सामुदायिक सेवा तथा विकासको केन्द्र छिन्नमस्ताको आयोजना तथा प्रदेश सभा सदस्य रुबी कर्णद्वारा निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तरगत उपलब्ध गराइएको सहयोगबाट पत्रकारिता तालिम लिन इच्छुक ४५ जनाको छनौटगरी तालिम दिन लागिएको हो ।
नेपाल पत्रकार महासंघको सभा हलमा सुरु भएको तालिमको उदघाटन गर्दै सभासद कर्णले समाजको उत्थानको लागि पत्रकारिता क्षेत्र पनि विकासको एउटा प्रमुख अंग भएकाले यस क्षेत्रलाई प्रोत्साहन गर्न आफुले प्रयास गरेको बताईन ।
सडक, पानी, विजुली, शिक्षा, स्वाथ्य जस्तै राष्ट्रको चौथो अंगको रुपमा स्थापित पत्रकारिता क्षेत्रको विकास पनि उत्तिकै जरुरी रहेकाले आफुले अन्य क्षेत्र जस्तै पत्रकारिता क्षेत्रलाई पनि प्राथमिकतामा राखेको उनको भनाई थियो ।
समाज परिवर्तन र देश विकासमा महत्वपूर्ण भूमिका खेल्ने पत्रकार र पत्रकारिता क्षेत्रको विकास बिना मुलुकको विकास सम्भव नरहेको बताउँदै उनले सहभागिहरुलाई भनिन– पत्रकारिता क्षेत्र चुनौति र सम्भावना दुवै बोकेको क्षेत्र हो, यसमा निष्पक्ष, साहस र आत्मविश्वासका साथ अघि बढनु भयो भने भविष्य सुरक्षित र सम्मानजनक हुनेछ ‘नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अवधेश झाले मुलुक नयाँ संरचनामा गएपनि पत्रकारिता क्षेत्र अझै उपेक्षाको शिकार बनेको भन्दै यसतर्फ राज्यले विशेष ध्यान दिनु पर्नेमा जोड दिए ।
उनले प्रदेश सभासद कर्णले पत्रकारिता क्षेत्रको विकास र विस्तारका लागि गरेको योगदानको प्रशंसा गर्दै यसबाट अन्य जनप्रतिनिधिले पनि पाठ सिकनु पर्ने बताए । आयोजक संस्थाका अध्यक्ष कृष्णा कुमारी मण्डलको अध्यक्षतामा आयोजित उद्घाटन समारोहमा वरिष्ठ पत्रकार शिवहरी प्रसाद भट्टराई, नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष मनोज कुमार माझी, प्रेसका काउन्सिलका पूर्व सदस्य देवराम यादव, इन्सेक प्रतिनिधि मनोहर पोखरेल, पत्रकार धू्रव मण्डल, हेमशंकर सिंह, नेकपाका शत्रुधन आजाद लगायतले पनि बोल्दै तालिमले दक्ष पत्रकारको उत्पादन र समाज उत्थानमा योगदान पु¥याउने विश्वास व्यक्त गरे ।
पत्रकार एवं प्राध्यापक सुरेन्द्र गुप्ताको नेतृत्वमा पाँच सदस्यीय टोलीले प्रशिक्षण दिने तालिममा १० महिला र ३५ पुरुष गरी ४५ जना सहभागि छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ