News Category 2075/11/19
प्रमुखहरु स्थानिय तहमा बढी समय नदिदा जनतालाई समस्या ः आयोग सदस्य पौडेल
दैनिक समाचारदाता
राजविराज, १९ फागुन ।
राष्ट्रिय मानवअधिकार आयोगका सदस्य गोबिन्द शर्मा पौडेलले स्थानिय तहका प्रमुख तथा उपप्रमुखहरूले सक्रिय भएर जनताको सेवामा लागनुपर्नेमा जोड दिएका छन ।
सबैको लागि घरघरमा मानव अधिकार, शान्ती र बिकासको आधार साथ तीन दिने स्थानिय तहमा बिवाद समाधान र मानव अधिकार सम्बन्धी तालिम सम्पन्न कार्यक्रममा सो कुरामा उनले जोड दिएका हुन् ।
राष्ट्रिय मानव अधिकार आयोग हरिहर भवन, काठमाडांैको आयोजनामा तथा संयुक्त राष्ट्रसंघीय बिकास कार्यक्रम प्रदेश नम्वर २ को सहयोगमा आयोजित कार्यक्रममा आयोगका सदस्य पौडलले स्थानिय तहका प्रमुखहरूले सक्रिय भएर जनताको सेवामा नलागेका कारण र पालीकामा बढी समय नदिदाँ जनता समस्या परेको गुनासो गरे ।
न्याय सम्पादन गर्दा मानवको अधिकार ख्याल गरेर न्याय सम्पादन गर्नुपर्ने सुझाव दिँदै उनले संघियता टिकाउन जिम्वारी प्रमुखहरुकै हातमा रहेको जिकिर समेत गरे ।
प्रदेश २ मानवअधिकार आयोगका प्रमुख वीर बहादुर बुढामगरको अध्यक्षतामा आयोजित कार्यक्रममा यूएनडिपीका प्रमुख धनबहादुर चन्दले न्यायिक समितिले गर्ने क्षेत्र अधिकारको बारेमा प्रस्ट पार्ने उद्देश्यले गोष्ठीको आयोजना गरेको जानकारी दिए ।
उनले भने, “अब न्याय सम्पादन गर्न प्रस्ट हुनेछ, मानव अधिकार संरक्षणमा न्याय समितिको भुमिका कस्तो हुनुपर्ने सम्बन्धमा सहयोग पुग्ने बिश्वास लिएको छु ।”
उनले न्याय सम्पादन गर्ने सिलसिलामा त्यस किसिमका परिआउने घटनाले न्यायको लागि प्रक्रियाको लिस्ट तयार भएर प्राप्त भएपछि पुर्नःताजगी तालिमको आयोजना गरिन सकिने बताए ।
सो अवसरमा रूपनी गाँउपालिका अध्यक्ष हरेराम यादबले न्यायिक समितिलाई कानुनको ज्ञान नभएकोले यस तालिमवाट न्याय सम्पादन गर्न सहयोग पुग्ने बताउदै आईपरेका उजुरीको आधारमा बढी मात्रामा मेलमिलापद्वारा सहमतिको आधारमा समाधान खोजिदै आएको उल्लेख गरे ।
यस्तै जिसस प्रमुख प्रभाकर यादबले स्थानिय तह अन्तर्गत न्यायिक समितिले मेलमिलाप मार्फत जनतालाई निष्पक्ष, स्वतन्त्र न्याय सम्पादन गरि पीडितलाई न्याय दिलाउनुपर्नेमा जोड दिए ।
स्थानिय निकायमा पीडित पक्षवाट आएको उजुरी नै सही हो भनी एकिन नगरी गहिरिएर त्यस वारेमा सबै बुझेर मात्र स्वत्रन्त्र, निष्पक्ष न्याय सम्पादन गर्ने गरेकोले यस तालिमले आउने दिनहरुमा मानबअधिकारको रक्षा गर्दै सही न्याय सम्पादनमा सहयोग मिल्ने महदेवा गाँउपालिका उपाध्यक्षले बिश्वास ब्यक्त गरिन् ।
उक्त तालिममा जिल्ला न्यायाधिश नन्दकिशोर यादब, प्रशिक्षक श्याम बाबू काप्mले, हरि ग्वाली, डा टिकाराम पोखरेल, मानव अधिकार उपक्षेत्रिय निर्देशक बिरबहादुर मगर, ईन्सेक प्रतिनिधि मनोहर पोखरेल लगायतले मानव अधिकारको रक्षा गर्ने गरि न्याय सम्पादन गर्नुपर्नेमा जोड दिए ।
सम्पन्न तालिममा जिल्लाका १८ वटै स्थानिय तहका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष, तथा न्यायक समितिका सदस्यहरूको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ